सत्ता गठबन्धनको बैठकमा माओवादी केन्द्रका अध्यक्ष दाहालले आफूलाई पहिला प्रधानमन्त्री बनाउने पूर्वसहमति नतोड्न कांग्रेस सभापति देउवालाई चेतावनीका छन्।
काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग निर्वाचनलगत्तै आफूलाई पहिले प्रधानमन्त्री बनाउने सहमति भएको बताएका छन्।
शनिबार साँझ बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठकमा दाहालले देउवा त्यो सहमतिबाट पछि हट्न खोजेको आरोपसमेत लगाए। बैठकमा दाहालले देउवालाई पूर्वसहमति नतोड्न चेतावनी दिँदै सहमतिअनुसार नै अघि बढ्न आग्रह गरेका छन्।
"निर्वाचन अघि हामीबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएकै हो। निर्वाचनपछि तपाईंले मलाई पहिला प्रधानमन्त्री बनाउने भनेकै हो। अब त्यो सहमति किन तोड्दै हुनुहुन्छ?", बैठकमा सहभागी एक नेताले दाहालको भनाइ उद्धृत गर्दै भने।
उनका अनुसार देउवाले त्यसमा कुनै प्रतिक्रिया जनाएनन्।
बैठकमा दाहालले आफूलाई पहिले प्रधानमन्त्री बनाउनुपर्छ भन्ने अडान नत्यागेपछि यस विषयमा आइतबार बिहान ९ बजे आफ्ना पार्टीका नेताहरूसँग सल्लाह गरेर निर्णय लिने जवाफ देउवाले दिएका थिए।
ती नेताका अनुसार यो विषयमा सल्लाह गर्न आइतबार बिहान ९ बजे देउवाले कांग्रेसका नेताहरूलाई बालुवाटार बोलाउने र त्यसपछि गठबन्धन बैठक डाक्ने बताएका छन्।
बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पहिला प्रधानमन्त्री को बन्ने भन्नेबारे आइतबार बिहान पुनः गठबन्धनको बैठक बसेर निष्कर्ष निकालिने बताए। "बैठकमा सकारात्मक छलफल भएको छ। संवैधानिक बाध्यताअनुसार सत्तागठबन्धन भोलिको छलफलपछि निर्णयमा पुग्छ", उनले भने।
नयाँ सरकार गठन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ३ गते एक साताको समय दिएर आह्वान गरेकी थिइन्। कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेकाले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम सरकार गठनका लागि प्रधानमन्त्रीको नाम प्रस्ताव गर्न राष्ट्रपतिले आह्वान गरेकी थिइन्। राष्ट्रपतिले दिएको समयावधि आइतबार साँझ ५ बजे सकिँदै छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
