सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरेको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय रुपन्देहीका दुई तत्कालीन नापी अधिकृतसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय रूपन्देहीका तत्कालीन नापी अधिकृतहरू ध्रुवराज मरासिनी र विन्देश्वर यादवसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
उनीहरूविरुद्ध सार्वजनिक कुलो व्यक्तिको नाममा दर्ता गरेको अभियोगसहित आयोगले विशेष अदालतमा मुद्दा दयर गरेको हो। जसमा सर्भेक्षक तथा प्रथम तहका जग्गाधनीसमेत छन्।
रूपन्देहीको साविक दुधराक्ष गाविस–७ क र वडा नम्बर २ क को जग्गा नापीका कर्मचारी र जग्गाधनी मिलेर फायल नक्सा तयार पारेर व्यक्तिको नाममा कायम भएको अनुसन्धानमा खुलेपछि मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।
१० लाख ६५ हजार २ सय ५ रुपैयाँ बराबरको सरकारी सार्वजनिक जग्गा घुसाइ फाइल नक्सा उनीहरूले तयार गरेको पुष्टि भएको आयोगले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
