नेपाली कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दिएका छन्।
काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराएका छन्। उनीहरूले मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
सभापति देउवाको प्रस्तावकमा नेता रामचन्द्र पौडेल रहेका छन् भने महामन्त्री थापाको प्रस्तावक शेखर कोइराला छन्। देउवालाई पूर्णबहादुर खड्का समर्थक बसेका छन्। त्यस्तै, थापालाई विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले समर्थन गरेका छन्।
नेता रामचन्द्र पौडेल आफू नै संसदीय दलको नेताको आकांक्षी भएको दाबी गर्दै आएका थिए। तर, देउवा आफ्नो अडानबाट पछि नहटेपछि पौडेलले देउवालाई समर्थन गर्न बाध्य भएका हुन्।
यता, कोइराला समूहमा प्रदीप पौडेलको प्रवेश भएको छ। आफ्नो समर्थनमा जति सक्दो धेरै सांसद जुटाउने प्रयासमा कोइराला समूह रहेका बेला पौडेल पुगेका हुन्।
कांग्रेसले संसदीय दलको नेता छान्न बुधबार निर्वाचन गर्दै छ। जसका लागि मंगलबार दिउँसो २ देखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो।
समितिको कार्यतालिका अनुसार मंगलबार अपराह्नसम्ममा उम्मेदवारको अन्तिम नामावलीसमेत सार्वजनिक गरिने छ भने दलको नयाँ नेता चयनका लागि बुधबार बिहान ८ बजे निर्वाचन हुने छ।
संसदीय दलको नेता छान्न कांग्रेसले भीष्मराज आङ्देम्बेदे संयोजक रहेको तीन सदस्यीय निर्वाचन समितिका बनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
