गगनलाई संस्थापन इतरबाट दलको नेताको उम्मेदवार बनाउने समझदारी, औपचारिक निर्णय हुन बाँकी

नेपाली कांग्रे‍सको संस्थापन इतर समूहमा महामन्त्रीसमेत रहेका सांसद् गगनकुमार थापालाई दलको नेताको उम्मेदवार बनाउने समझदारी जुटेको छ।

काठमाडौँ- नेपाली कांग्रे‍सको संस्थापन इतर समूहले महामन्त्रीसमेत रहेका सांसद् गगनकुमार थापालाई दलको नेताको उम्मेदवार बनाउने समझदारी गरेको छ। 

संसदीय दलको साझा उम्मेदवार टुंगो लगाउन लाजिम्पाटस्थित होटल एम्बेस्डरमा बसेको इतर समूहको बैठकले थापालाई उम्मेदवार बनाउने समझदारी गरेको बैठकमा सहभागी एक सांसदले बताए। 

समझदारीलाई औपचारिकता दिन होटल बसेरामा इतर समूहका सांसद तथा केन्द्रीय सदस्यसहितको बैठक जारी छ