प्रधानमन्त्री शेरबहादुर देउवाले एक्लै चुनाव लड्दा कसैको पनि बहुमत नआउने हुँदा गठबन्धनका दलहरू मिलेर चुनाव लड्नुपर्ने बताएका छन्। उनले अझै प्रतिगमनको खतरा रहेको समेत बताएका छन्।
काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा आबद्ध दलहरू मिलेर अघि बढ्नु आवश्यक रहेको बताएका छन्।
आइतवार काठमाडौँमा आयोजित काठमाडौँ क्षेत्र नं. २ का प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उम्मेदवारहरूको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनमा आबद्ध दलहरू मिलेर अघि बढ्नुपर्ने बताएका हुन्।
उनले देशमा प्रतिगमनको खतरा अझैपनि रहेको भन्दै राजनीतिक स्थायित्वका लागि सबै पार्टीहरू एक हुन जरुरी रहेको बताए। उनले निर्वाचनमा कुनै एक पार्टीको बहुमत आउन गाह्रो हुने भएकाले गठबन्धन बनाउनु परेको बताए। प्रधानमन्त्री देउवाले मिलेर निर्वाचन लड्ने, लोकतन्त्रको सुदृढीकरण गर्ने र गरिबी हटाउने मौका आएकाले मौकाको सदुपयोग गर्नुपर्ने बताए।
उनले गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्नुपर्नेमा जोड दिए। प्रतिगमनको खतरा अझै रहेको बताउँदै उनले भने – “जो अहिलेको गठबन्धन बनेको छ, यो लन्डन गएको लोकतन्त्र, प्रजातन्त्र छ। त्यसलाई स्थायित्व दिन आवश्यक छ। प्रतिगमनको खतरा अझैपनि छ। त्यसैले अहिले सबै पार्टीहरू एक हुन जरुरी छ। गठबन्धनमा सबैले मिल्नु आवश्यक छ।”
त्यस्तै, उनले अहिलेको संविधान अत्यन्तै समावेशी रहेको बताउँदै संविधानमा सबै नेपाली अटाउने ठाउँ रहेको बताए। उनले भने, “अहिलेको संविधान अत्यन्त समावेशी संविधान छ। त्यो संविधानमा सबै नेपालीहरू अटाउने ठाउँ छ।”
उनले कुनै पनि पार्टीको बहुमत आउन गाह्रो रहेको बताउँदै गठबन्धन मिलाएर लैजानुपर्ने आवश्यक रहेको बताए। “साथसाथै कुनैपनि पार्टीको बहुमत आउन गाह्रो छ। त्यसैले गठबन्धन मिलाएर लानुपर्ने आवश्यक छ”, उनले भने, “यो एउटा संस्कृतिको विकास भएको छ। मिलेर चुनाव लड्ने, मिलेर लोकतन्त्रको सुदृढीकरण गर्ने साथसाथै मिलेर गरिबी हटाउने। त्यो मौका आएको छ।”
उनले काठमाडौँ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार र प्रदेश सभा सदस्य उम्मेदवारहरू आपसमा मिलेर गठबन्धनलाई अत्यधिक मतले विजय गराउने विश्वास व्यक्त गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
