Friday, May 10, 2024

-->

काँकडभिट्टाबाट ९ महिनामा १७ करोडको बन्दागोभी निर्यात

चालु आवको नौ महिनामा काँकडभिट्टा नाकाबाट १६ अर्ब १९ करोड १७ लाख रुपैयाँको खाद्यान्न तथा कृषिउपज निर्यात र नौ अर्ब ३० करोड ५८ लाख ८० हजार रुपैयाँको आयात भएको छ।

काँकडभिट्टाबाट ९ महिनामा १७ करोडको बन्दागोभी निर्यात
फाइल तस्वीर

झापा– काँकडभिट्टा नाका हुँदै साउनयता १७ करोड रुपैयाँभन्दा बढीको बन्दागोभी भारत निर्यात भएको छ।

धनकुटा, इलाम, झापालगायत जिल्लामा उत्पादन भएको बन्दागोभी निर्यात गरिएको हो। नौ महिनामा १७ करोड ६८ लाख ६८ हजार बराबरको १० हजार १०३ मेट्रिक टन बन्दागोभी निर्यात गरिएको प्लान्ट क्वारेनटाइन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्देश्वर ठाकुरले जानकारी दिए।

उक्त अवधिमा १६ अर्ब १९ करोड १७ लाख रुपैयाँको एक लाख ५६ हजार ९९२ मेट्रिक टन खाद्यान्न तथा कृषिउपज निर्यात भएको ठाकुरको भनाइ छ। यस्तै काँकडभिट्टा नाका भएर नौ अर्ब ३० करोड ५८ लाख ८० हजार रुपैयाँको तीन लाख छ हजार १२८ मेट्रिक टन खाद्यान्न तथा कषिउपज आयात भएको छ।

नेपालबाट सबैभन्दा धेरै निर्यात हुने मालवस्तु अलैँची, चिया, प्लाइउड र अदुवा हुन्। यस्तै धेरै आयात हुनेमा तरकारी, फलफूल, सोयाबिन र आलु रहेको कार्यालयले जनाएको छ।


सम्बन्धित सामग्री