नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल सन् २०२६ सम्म विद्युतमा आत्मनिर्भर बन्ने बताएका छन्।
काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल जलविद्युतमा सन् २०२६ सम्म आत्मनिर्भर बन्ने बताएका छन्।
मंगलबार काठमाडौँमा भएको नेपालमा जलविद्युत क्षेत्रमा वित्तीय लगानी विषयक कार्यक्रममा बोल्दै निर्देशक घिसिङले यस्तो बताएका हुन्।
उनले पछिल्लो समय जलविद्युत उत्पादन क्षमता बढ्दै गएकाले सन् २०२६ सम्म सुख्खा याममा समेत आत्मनिर्भर बन्ने अवस्था आउने बताए।
जलविद्युतमा आत्मनिर्भर भएर पनि त्यो समयमा २५ सय मेगावाट विद्युत् बढी हुने जिकिर उनले गरे। सन् २०३५ सम्ममा नेपालमा ८ हजार मेगावाट विद्युत् उत्पादन क्षमता पुग्ने अनुमान प्राधिकरणको रहेको बताउँदै उनले अहिले नेपालको जलविद्युत उत्पादन क्षमता २५ सय ४४ मेगावाट रहेको बताए।
पछिल्लो समय प्रत्येक वर्ष ८ सय मेगावाट विद्युत् उत्पादन बढ्दै गएको उनको भनाइ थियो। निर्देशक घिसिङले सन् २०४२/४३ सम्ममा २० हजार मेगावाट विद्युत् उत्पादन क्षमता पुग्ने अनुमान रहेको बताए। पछिल्लो समय उद्योगहरूमा जलविद्युतको माग राम्रो रहेको उनको भनाइ थियो।
त्यस्तै, उनले ११ हजार मेगावाट जलविद्युत उत्पादनको लागि पीपीए पाइपलाइनमा रहेका भन्दै करिब ७ हजार मेगावाटको पीपीए भइसकेको बताए।
त्यस्तै, निर्देशक घिसिङले जलविद्युत उत्पादनको लागि १.२ मिलियन डलर लगानी प्रतिबद्धता भइसकेको जानकारी दिए। उनले एजीम बैंकबाट ७ सय मिलियन, जाइकाले १४० मिलियन, विश्व बैंक र एडीबीले २ मिलियन लगानी प्रतिबद्धता आएको उल्लेख गरे।
जलविद्युत उत्पादनको लागि नयाँनयाँ प्रोजेक्टहरू बनाउनको लागि अहिले प्राप्त भएको लगानी प्रतिबद्धताले मात्रै अपुग हुने बताउँदै उनले सरकारले जलविद्युतमा लगानी र बजेट विनियोजन गर्न सम्भव नभएको बताए।
प्राधिकरण जलविद्युत उत्पादनको लागि लगानी सुनिश्चित कसरी गर्ने भन्ने विषयमा काम गरिरहेको उनको भनाइ थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
