प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान बालुवाटारमा बसेको बैठक बिना निष्कर्ष टुंगिएको छ।
काठमाडौँ- राष्ट्रपतिको निर्वाचनका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफल निष्कर्षविहीन भएको छ।
माओवादीले राष्ट्रिय सहमतिको प्रस्ताव अघि सारेको बेला पछिल्लो समय दाहाल र ओलीबीच यही विषयलाई लिएर तारनतार छलफल भइरहेको छ।
माओवादी नेताहरूले बुधबार राष्ट्रपतिमा पार्टीले कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने अभिव्यक्ति दिएपछि बिहीबार बिहानै दुई नेताबीच राष्ट्रपतिको विषयलाई लिएर भेटवार्ता भएको छ। तर, भेटवार्ता निष्कर्ष विहीन भएको दुवै पक्षले दाबी गरेका छन्।
“राष्ट्रपतिको विषयलाई लिएर नै प्रधानमन्त्री र एमाले अध्यक्षबीच भेटवार्ता भएको हो। तर, ठोस कुराकानी केही नभएको बुझिएको छ”, प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने।
एमाले अध्यक्ष ओली निकट एक नेताले पनि आजको छलफलमा ठोस निष्कर्ष ननिस्केको बताए। माओवादी पुस १० मा भएको सहमति भन्दा बाहिर गएर राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गर्ने दिशामा अघि बढेपछि एमाले संशकित बनेको छ। एमालेले भने यसअघि भएको सहमतिलाई अक्षरशः पालना गर्नुपर्ने सर्त माओवादी सामु राखिरहेको छ।
पुस २६ मा प्रधानमन्त्री दाहालले विश्वासको मत लिने क्रममा कांग्रेसले पनि मत दिएपछि माओवादीले राष्ट्रिय सहमतिको विषयलाई अघि सारेको हो। त्यसयता नै दुई नेताबीच पटक पटक छलफल भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
