हालैका दिनमा सरकार विरोधी गतिविधिमा संलग्न भएको भन्दै इरानले मृत्युदण्ड दिएको यो दोस्रो घटना हो।
इरानले माजिद्रेजा राहनाभार्द नाम गरेका व्यक्तिलाई सरकारको विरोध गरेको भन्दै सार्वजनिक रूपमै कन्स्ट्रक्सन क्रेनमा झुन्ड्याएर फाँसी दिएको हो। सरकारविरुद्ध उत्रिए यही हाल हुने भन्दै तर्साउन उनलाई सार्वजनिक स्थानमा झुण्डाइएको एपी न्यूजले उल्लेख गरेको छ।
ती व्यक्ति धार्मिक गुरुहरूको नेतृत्वको सत्तालाई चुनौती दिँदै मुलुकभर जारी आन्दोलनमा सहभागी भएका थिए। पक्राउ गरिएको एक महिना नबित्दै उनलाई मृत्युदण्ड दिइएको हो।
प्रदर्शनका क्रममा सुरक्षाकर्मीले प्रदर्शनकारी मारेको आक्रोशमा अर्धसैन्य बलका दुई जना सदस्यलाई छुरा हानेको आरोप उनीमाथि थियो।
इरानको न्यायालयसम्बन्धी समाचार संस्था मिजानले मृत्युदण्ड दिइएको फोटो सार्वजनिक गरेको थियो। हात, खुट्टा बाँधिएको र टाउकोमा कालो झोला राखिएको उनको शरीर क्रेनमा झुण्डाएर सार्वजनिक गरिएको थियो।
सरकार विरोधी प्रदर्शनमा सहभागी भएको भन्दै इरानले मृत्युदण्ड दिएको उनी दोस्रो व्यक्ति हुन्।
प्रदर्शनका क्रममा हालसम्म ४८८ जनाको मृत्यु भएको र १८ हजार दुई सय जना प्रदर्शनकारीलाई पक्राउ परेको इरानका अधिकारवादी संगठनहरूले जनाएका छन्।
-एजेन्सीको सहयोगमा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
