मतगणना जारी रहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच 'मिलेर जाने'बारे संवाद शुरू भएको छ।
काठमाडौँ– मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आइनसक्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूबीच संवाद शुरू भएको छ।
बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई फोन गरेर 'मिलेर अघि बढ्न' आग्रह गरेका छन्।
दाहालको सचिवालयका सदस्य सूर्य किरणले पार्टी अध्यक्ष र एमाले अध्यक्ष ओलीबीच कुराकानी भएको पुष्टि गरे। उनका अनुसार ओलीले टेलिफोन गरेको र दुईजनाबीच बधाई साटासाट भएको हो।
ओलीले टेलिफोनमा अब कसरी जाने भन्ने प्रस्ताव गरेका थिए। दाहालले मतपरिणामको अन्तिम नतिजा आइनसकेको भन्दै बसेर छलफल गर्न सकिने जवाफ फर्काएका थिए। ओलीले बुधबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि फोन गरेर बधाई दिएका थिए।
नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्बाङले पनि दाहाललाई फोन गरेर बधाई दिँदै देउवा नेतृत्वको गठबन्धन तोडी आफूहरू मिलेर सरकार बनाउन प्रस्ताव गरेका छन्।
“देउवा नेतृत्वको गठबन्धन तोडिनुपर्छ भन्ने हाम्रो पुरानै मान्यता हो। अब हामी मिलेर अघि बढ्नुपर्छ भन्ने धारणा राखे,” उनले भने।
ओलीनिकट एक नेताले पनि पार्टी अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालबीच टेलिफोन कुराकानीमा ‘मिलेर जाने’बारे छलफल भएको पुष्टि गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
