नमुना मतपत्रसमेत गरी ८ करोड २५ लाख मतपत्र छापिएकाे निर्वाचन आयोगले जनाएकाे छ।
काठमाडाैँ– आसन्न निर्वाचनका लागि मतपत्र छप्ने काम सकिएको निर्वाचन आयोगले जनाएको छ। प्रत्यक्षतर्फका मतपत्र छाप्ने जिम्मा जनक शिक्षा सामग्री केन्द्रले पाएकाे थियो।
कात्तिक २० गतेसम्मको समय पाएको केन्द्रले दुई दिनअगावै छपाइ सकेको हो। नमुना मतपत्रसमेत गरी ८ करोड २५ लाख मतपत्र छपाइ भएको निर्वाचन आयुक्त रामप्रसाद भण्डारी जानकारी दिए।
कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशमा मतपत्र ढुवानी भइसकेको उनले बताए। प्रदेश १, मधेश र बागमती प्रदेशमा ढुवानीको क्रममा रहेको आयोगले जनाएको छ। "चुनौतीपूर्ण काम छाप्ने थियो, त्यो सकियो। ढुवानी पनि छिट्टै सकिन्छ", उनले भने।
आयोगले समानुपातिकतर्फको ४ करोड मतपत्र भने यसअघि नै छापिसकेको छ। यो निर्वाचनमा १ करोड ७९ लाख ८५ हजार ७० जना मतदाता रहेको आयोगले जनाएको छ।
मतदाताले चारवटा मतपत्रमा भोट हाल्नुपर्ने हुन्छ। जसअनुसार ८ करोड मतपत्र आवश्यक पर्ने आयोगको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
