नवलपुरमा बस दुर्घटना, ५ जनाको मृत्यु

घटना बिहान ४ बजेको समयमा भएको प्रहरीले जनाएको छ।

काठमाडौँ- नवलपुरको बलिङटारमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। पाल्पाबाट गोरखाको मनकामनाका लागि छुटेको  ना६ख ७५८० नम्बरको बस बिहान ४ बजेको समयमा दुर्घटना भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा अन्य २५ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारार्थ चितवन पठाइएको नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए। घटनाबारे थप विवरण आउन बाँकी छ।