हेटौँडाको तरकारी बजारमा आगलागी, आधा दर्जन पसलमा क्षति

हेटौँटा उपमहानरपालिकाका दुईवटा वारुणयन्त्र, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयहरूको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

काठमाडौँ- हेटौँडाको तरकारी तथा फलफूल थोक बजारमा आगलागी भएको छ।

आगलागीबाट हेटौँडा उपमहानरपालिका-१० मा रहेको तरकारी तथा फलफूल थोक बजारका आधा दर्जन पसलमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार टिसिएन रोडस्थित एक होटलमा विद्युत् सर्ट भएर आगलागी भएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले आगलागीबाट एउटा होटल र तीनवटा तरकारी पसल जलेर पूर्णरूपमा नष्ट भएको बताए। अन्य तीनवटा पसलमा पनि क्षति पुगेको छ।

उनका अनुसार दिउँसो पौने एक बजेबाट शुरू भएको आगलागी एक घण्टापछि नियन्त्रणमा आएको थियो। हेटौँटा उपमहानरपालिकाका दुईवटा वारुणयन्त्र, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयहरूको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। क्षति विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ।