नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेपाली कांग्रेस र माओवादी केन्द्रले धेरै पहिलाबाट नै हँसिया-हतौडा र रूखलाई एक बनाइसकेको बताए। उनले मतदातालाई नअल्मिलइकन गठबन्धनलाई जिताउन आग्रह गरे।
काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अबको देशको प्रमुख एजेण्डा विकास निर्माण र समृद्धि हुने दाबी गरेका छन्।
आइतबार आयोजित काठमाडौँ- २ का प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य उम्मेदवारको परिचय तथा निर्वाचन परिचालन समिति घोषणासभामा बोल्दै अध्यक्ष दाहालले अब पनि आर्थिक क्रान्तिको अभियानलाई एकसूत्रीय रूपमा अघि बढाउन नसके राजनीतिक परिवर्तनलाई दिगो बनाउन नसकिने जिकिर गरे।
अध्यक्ष दाहालले आर्थिक क्रान्तिको अभियानलाई एकसूत्रीय रूपमा अघि बढाउन नसके स्थायित्व नआउने र देश निरंकुशता र अराजकताको भूमरीमा फस्ने दाबी गरे। उनले आगामी निर्वाचनमा काठमाडौँ- २ बाट गठबन्धनका उम्मेदवारलाई जिताएर राज्य र जनताको पक्षमा निरन्तर प्रगति गर्ने अवसर प्रदान गर्न मतदातालाई आग्रह गरे।
"हामीले आर्थिक क्रान्तिको अभियानलाई एकसूत्रीय रूपमा अघि बढाउन सकेनौँ भने राजनीतिक परिवर्तनलाई पनि दिगो बनाउन सकिँदैन। स्थायित्व पनि नआउने र देश जहिले पनि निरंकुशता र अराजकताको भूमरीमा फस्ने कुरा रही नै राख्छ," अध्यक्ष दालालले भने, "अब हाम्रो ऐतिहासिक दायित्व भनेको आर्थिक समृद्धिको एउटा नयाँ क्रान्तितिर अघि बढाउनु हो।"
अध्यक्ष दाहालले माओवादी र सरकारसँगको शान्ति सम्झौताताका नेकपा एमालेको नेतृत्व ओलीले गरेको भए देशमा संघीय लोकतन्त्र नआउने र माओवादीसँग १२ बुँदै सम्झौता हुन नसक्ने दाबी गरे। उनले नेकपा एमाले अध्यक्ष ओलीलाई जालझेल गरेर नेतृत्वमा पुगेको आरोप पनि लगाए।
उनले एमाले अध्यक्ष ओलीलाई इंगित गर्दै भने, "अहिले विभिन्न खालका तिक्डम गरेर आएका कोही नेताहरू एमालेका नेता थिएनन्। ती नेता भएको भए सायद १२ बुँदे समझदारी र संघीय लोकतन्त्रसम्म आउन दिँदैन थिए।"
उनले नेपाली कांग्रेस र माओवादी केन्द्रले धेरै पहिलाबाट नै हँसिया-हतौडा र रूखलाई एक बनाइसकेको भन्दै आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताए काठमाडौं-२ बाट एउटा विकासे मन्त्री बनाउने प्रतिबद्धता जनाए।
"रूखले कसरी हँसिया-हतौडामा भोट हाल्ने भनेको सुनेको छु। हामीले धेरै पहिलादेखि हँसिया-हतौडा र रूखलाई एक बनाइसकेका हौँ। २०४६ सालको आन्दोलन संयुक्त गरेर कम्युनिस्ट पार्टी र कांग्रेसको झण्डालाई साथसाथै लिएर आन्दोलनको आँधीहुरी चलायौँ। त्यतिबेला रूख र हँसिया-हतौडा एक भएकै हो" उनले भने।
अध्यक्ष दाहालले आगामी निर्वाचनमा निर्वाचन चिह्नलाई लिएर आग्रह, पूर्वाग्रह हुने गरेको भन्दै कोही नअल्मिलइकन गठबन्धनका उम्मेदवार जिताउनका लागि मतदान गर्न आह्वान गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
