डिजिटल बैंकिङ कारोबार गर्न सहज बनाउने उद्देश्यसहित दाङकाे तुलसीपुर–१६ का किसानलाई डेबिट र क्रेडिट कार्ड प्रदान गरिएकाे छ।
दाङ– तुलसीपुर उपमहानगरका किसानलाई डेबिट र क्रेडिट कार्ड वितरण गरिएको छ। ४० किसानलाई डेबिट र १३ किसानलाई क्रेडिट कार्ड वितरण गरिएको वडाध्यक्ष शिवानन्द डाँगीले बताए।
यसले किसानलाई डिजिटल बैंकिङ कारोबार गर्न सहज बनाउने वडाध्यक्ष डाँगीको भनाइ छ। “क्रेडिट कार्डबाट किसानले मल, बीउलगायत अन्य कृषिसम्बन्धी सामग्री चाहियो भने लैजान सक्नुहुन्छ”, उनले भने, “यसले किसानलाई फाइदा पुग्ने विश्वास लिएका छौँ।”
यस्तै क्रेडिट कार्ड प्राप्त किसानलाई राज्यले बिना धितो दुई लाखसम्म ऋण दिने उनको भनाइ छ। सहुलियत कर्जाका रूपमा पाउने त्यो ऋण किसानले उत्पादन बिक्रीपछि प्राप्त रकमबाट तिर्न सक्छन्। उनीहरूले त्यो ऋण कृषि सामग्री खरिदभन्दा अन्य कामका लागि प्रयोग गर्न पाउँदैनन्। त्यस्तै डेबिट कार्ड अनुदान सहयोग, क्षतिपूर्ति हालिदिनका लागि प्रयोग हुने वडाध्यक्ष डाँगीले बताए।
क्रेडिट कार्ड प्रत्येक वर्ष नवीकरण गर्नुपर्छ भने डेबिट कार्ड पाँच–पाँच वर्षमा नवीकरण गर्नुपर्छ । पहिलो चरणमा वडा नं १६ बाट वितरण गरिएको र पालिकाका सबै किसानलाई कार्ड प्रदान गर्ने योजना रहेको पालिकाले जनाएकाे छ।
क्रेडिट कार्डले कृषि व्यवसायमा सहयोग पुग्ने विश्वास रहेको किसान वीरबल केसीले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
