सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारीहरूसँगको सल्लाहमा समानुपातिक सांसदको नाम टुंगो लगाएका छन्।
काठमाडौँ– नेपाली कांग्रेस समानुपातिक सांसदको नाम टुंग्याएको छ। शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकपछि सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारीहरूसँगको सल्लाहमा नाम टुंगो लगाएका हुन्।
शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समानुपातिकतर्फबाट सांसदहरूको नाम टुंगो लगाउने जिम्मा पार्टी सभापति एवं प्रधानमन्त्री देउवालाई दिएको थियो। कांग्रेस प्रत्यक्षतर्फ ५७ सिट जितेर पहिलो पार्टी बनेको थियो भने समानुपातिकतर्फ २७ लाख १५ हजार २२५ मत ल्याएर दोस्रो भएको थियो। समानुपातिकतर्फ २९.२९ प्रतिशत मत पाएको कांग्रेसलाई निर्वाचन आयोगले ३२ सिट निर्धारण गरेको थियो।
आयोगले निर्धारण गरेअनुसार महिलाको ३३ प्रतिशत प्रतिनिधित्व हुने गरी कांग्रेसले समानुपातिकको सूची टुङ्ग्याएको हो।जसअनुसार कांग्रेसमा समानुपातिकबाट प्रकाशशरण महत, विमलेन्द्र निधि र जीवन परियार गरी तीन जना मात्रै पुरुष सांसद बनेका छन्। मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना सकिएसँगै आयोगले बुधबार दलहरूलाई तीन दिनको समय दिएर समानुपातिक सांसदको अन्तिम सूची बुझाउन निर्देशन दिएको थियो।
आदिवासी जनजाति
१. सरस्वती बजिमय
२. लिलादेवी बोखिम
३. सिता कुमारी राना
४. सुशीला थिङ
५. सपना राजभण्डारी
६. माया राई
७. कुसुम थापामगर
८. मनोरमा सेरचन
खस-आर्य
९. प्रकाश शरण महत
१०. अम्बिका बस्नेत
११. सरिता प्रसाईं
१२. आरजु राणा देउवा
१३. ईश्वरी न्यौपाने
१४. प्रतिमा गौतम
१५. मञ्जु खाण
१६. रमा कोइराला पौडेल
१७. कान्तिका सेजुवाल
१८. मैना रावल कार्की
मधेशी
१९. विमलेन्द्र निधि
२०. नागिना यादव
२१. मुक्ता कुमारी यादव
२२. चन्दा चौधरी
२३. संगीता मण्डल
२४. निनुकुमारी कर्ण
दलित
२५. जीवन परियार
२६. शान्ति विक
२७. रुपा विक
२८. सीता मिजार
२९. आशा विक
थारू
३०. कल्पना चौधरी
३१. विना कुमारी थनेत
मुस्लिम
३२. जावेदा खातुन जागा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
