नेपाली कांग्रेस पदाधिकारी बैठकले समानुपातिकतर्फको बन्दसूचीबाट निर्वाचन आयोगमा पठाउने नामको टुंगो लगाउने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ।
काठमाडौँ– नेपाली कांग्रेसले समानुपातिक सांसदको अन्तिम टुंगो लगाउने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले समानुपातिक सांसदको नाम टुंग्याउने जिम्मा देउवालाई दिएको प्रवक्ता डा. प्रकाशसरण महतले जानकारी दिए। उनका अनुसार देउवाले नामको टुंगो लगाएपछि कांग्रेसले आयोगलाई सूची बुझाउने छ।
प्रदेश र प्रतिनिधिसभामा समानुपातिकतर्फका सांसदको नाम टुंगो लगाउन बैठक बसेको थियो। बैठकमा गोपालमान श्रेष्ठको नाम सिफारिस नगर्न दबाव परेको स्रोतले जनाएको छ। बैठकमा सरकार गठनलगायत पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पनि छ्लफल भएको प्रवक्ता महतले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
