प्रज्ञा प्रतिष्ठानमा २०२७ सालमा राखिएको राजा महेन्द्रको शालिक दोस्रो जनआन्दोलनमा तोडफोड भएपछि ‘पुनर्निर्माण’का नाममा त्यसबेलाको ताम्रपत्र नै हटाइएको छ। नयाँमा शालिक मर्मतसम्बन्धी गलत सूचना राखिएको छ।
काठमाडौँ– नेपाल प्रज्ञा प्रतिष्ठानको मूल भवनको भुईं तलाको हलमा राखिएको तत्कालीन राजा महेन्द्रको शालिक पुनर्निर्माणका नाममा ४८ वर्षअघि राखिएको ताम्रपत्र नै हटाइएको पाइएको छ। शालिक मर्मतका नाममा चार वर्षअघि राखिएको नयाँ ताम्रपत्रमा तत्कालीन कुलपति गंगाप्रसाद उप्रेतीको नाम राखिएको छ।
उक्त शालिक २०२७ सालमा स्थापना गरिएको थियो। नेपाल एकेडेमीका नाममा हालको प्रज्ञा प्रतिष्ठानको स्थापना राजा महेन्द्रले २०१४ सालमा गरेका थिए। महेन्द्रले त्यहाँ आफ्नो शालिक राख्न लगाइ २०२७ असार ९ गते अनावरण गरेका थिए। उक्त शालिक अमर चित्रकारले बनाएका थिए।
तर २०६२/६३ को जनआन्दोलनमा महेन्द्रको शालिक तोडफोड गरिएको थियो। आन्दोलनकारी प्रज्ञा प्रतिष्ठानमा प्रवेश गरेर शालिकको हात निकालेका थिए भने अन्य भागमा पनि क्षति पुर्याएका थिए।
त्यस शालिकलाई मर्मत गरेर स्थापना गरिएको हाल राखिएको ताम्रपत्रमा उल्लेख छ। तर शालिक मर्मत नगरी नयाँ बनाउन लगाएर राखिएको र तामपत्रमा दिइएको सूचना भ्रामक भएको प्रतिष्ठानका एक कर्मचारीले बताए।
अहिले राखिएको ताम्रपत्रमा लेखिएको छ, “तात्कालीक नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानअन्तर्गत निर्मित प्रज्ञा भवनको २०२७ असार ९ गते भएको समुद्घाटनका अवसरमा अनावृत यो प्रतिमा जीर्ण भएकोमा प्रज्ञा–भवन पुनर्निर्माण कार्यक्रम–२०७४/२०७५ अन्तर्गत प्रतिमाको समेत नागरिक पोसाकमा पुनर्निर्माण गरी मिति २०७५ भदौ १२ गते मङ्गलबारका दिन नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति श्री गङ्गाप्रसाद उप्रेतीज्यूबाट पुनः आनावरण गरिएको छ।”
तर यो शालिक २०२७ सालमा अमर चित्रकारले बनाएको नभई नयाँ बनाइएको प्रज्ञा–प्रतिष्ठानका उपसचिव सम्पत अधिकारीले जानकारी दिए। उनका अनुसार अहिलेको शालिक राजु तुलाधरले बनाएका हुन्। पहिलाको शालिक भने अहिले भण्डार कक्षमा थन्क्याइएको छ।
यद्यपि, तत्कालीन कुलपति उप्रेतीले अनावरण गरिएको उल्लेख भएको ताम्रपत्रमा ‘पुनर्निर्माण’ गरिएको उल्लेख छ। ताम्रपत्रमा शालिक पुनर्निर्माण गरेर अनावरण गरिएको लेखिएको हो।
प्रज्ञा–प्रतिष्ठानका अर्का कर्मचारी सुरेन्द्रकाजी सिन्दुराकारले पहिलाको शालिक राजदण्ड र श्रीपेचसहितको भएको बताए। उक्त शालिक तोडफोडपछि थन्काइएको र अहिलेको शालिक फरक स्वरूपमा बनाइएको उनी बताउँछन्। पूववत् अवस्थाको शालिकभन्दा फरक हुने गरी हात बाँधेको अवस्थामा बनाइएको छ भने शालिकको पोशाकको स्वरूप पनि परिवर्तन गरिएको छ।
मर्मत गरेर पुरानै शालिक राख्न सक्ने अवस्था हुँदाहुँदै कुलपतिको नाम राख्नकै लागि नयाँ शालिक राखेर पुनः अनावरण गरिएको ताम्रपत्र राखिएको तत्कालीन एक प्राज्ञले बताए। यसरी राख्दा पुरानो ताम्रपत्र हटाइएको छ। “त्यसबेला हामीसँग धेरै कुरामा सल्लाह हुँदैन थियो। यो शालिक नयाँ बनाइए पनि पहिलाको ताम्रपत्र पनि राखेको भए इतिहास मर्ने थिएन,” ती पूवप्राज्ञले भने, “अझ शालिक बनाउने कलाकारको पनि नाम उल्लेख गर्नुपर्ने हो। नत्र कसरी कलाकारको सम्मान हुन्छ?”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
