तेहरानमा रहेका नेपाली श्रमिकले तत्काल सुरक्षा स्थिति सहज भए पनि अवस्था बिग्रिँदै गएमा ‘घर फर्कन तयार रहेको’ बताएका छन्।
काठमाडौँ— मध्यपूर्वमा इजरायल–इरानको दोहोरो हवाई आक्रमणको सन्त्राससँगै इरानको तेहरानमा रहेका नेपाली श्रमिकले तत्काल सुरक्षा स्थिति सहज भए पनि यसैगरी अवस्था बिग्रिँदै गएमा ‘घर फर्कन तयार रहेको’ बताएका छन्।
तेहरानस्थित विभिन्न कूटनीतिक नियोगमा कार्यरत ११ जना र रोजगारी क्रममा ठगीमा परेर जेल परेका पाँच जनासहित १६ जना नेपाली इरानमा छन्। “हामी लामो समयदेखि तेहरानका विभिन्न मुलुकका कूटनीतिक नियोगमा कार्यालय सहयोगीका रूपमा कार्यरत छौँ,” तेहरानस्थित संयुक्त अरब इमिरेट्सको दूतावासमा कार्यरत अर्घाखाँचीका विष्णुप्रसाद भुसालले उकालोसँग भने, “यहाँ सिरियाली र भारतीय दूतावासमा काम गर्ने भाइहरू पनि छन्। अरू पाँच जना भने स्थानीय कम्पनीमा कार्यरत छन्।”
भुसालका अनुसार, वैदेशिक रोजगारीका क्रममा म्यानपावरको ठगीमा परेर तेहरानमा झन्डै डेढ महिना जेल परेका पाँच जना युवा पनि जरिबाना शुल्क तिरेर यो साता जेलबाट बाहिरिएका छन्। इरानको कूटनीतिक सहप्रमाणीकरण हेर्ने कतारस्थित नेपाली नियोगबाट यी पाँच जना युवाको ट्राभल–डकुमेन्ट आउन बाँकी रहेकाले नेपाल फर्कने टुंगो लागेको छैन।
“हवाई आक्रमणको आवाज सुनिन्छ, यहाँ इरानमा पनि एक सयभन्दा बढी मानिस मरिसकेको भन्ने खबर थाहा पाएका छौँ,” भुसालले भने, “यहाँ तेहरानको अन्तर्राष्ट्रिय विमानस्थल बन्द छ भन्ने सुनिएको छ। हामीसँगै दूतावासमा काम गर्ने अरू देशका नागरिक पनि अहिलेसम्म घर नफर्किएका कारण हामी केही दिन पर्खने मनस्थितिमा छौँ।”
सुरक्षाको प्रबन्ध सोधपुछ गर्ने र ढाडसका निम्ति कतारस्थित नेपाली दूतावासका अधिकारीले निरन्तर सम्पर्क गरिरहेको जानकारी दिँदै उनले तेहरानमा अर्घाखाँची घर भएका आफ्नै भाइभतिज मात्रै रहेको बताए। तेहरानस्थित आफूले काम गरिरहेको दूतावासले पनि उद्धार समन्वयका लागि सम्पर्क गरिरहेका कारण तत्कालै अत्यासको स्थिति नरहेको उनले बताए।
यो पनि – तेहरानमा ५० वर्ष: इरान इज द बेस्ट!
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
