Sunday, May 05, 2024

-->

वेस्टइन्डिज ‘ए’विरुद्धको सिरिजका लागि नेपाली टोलीको घोषणा

नेपाल क्रिकेट संघले बिहीबार रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो। पाँच खेलको टी२० सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान शनिबार शुरू हुँदैछ।

वेस्टइन्डिज ‘ए’विरुद्धको सिरिजका लागि नेपाली टोलीको घोषणा

काठमाडौँ– घरेलु मैदानमा हुन लागेको वेस्टइन्डिज ‘ए’विरुद्धको पाँच टी२० सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ। 

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो। 

नेपाली टोलीमा कप्तान पौडेलसँगै आशिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्शनकुमार झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अविनाश बोहरा, विवेक यादव र आकाश चन्द रहेका छन्।  

पाँच खेलको सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान शनिबार शुरू हुँदैछ। वेस्टइन्डिजको टोली बुधबार नै नेपाल आइसकेको छ।


सम्बन्धित सामग्री