Thursday, May 09, 2024

-->

यस्तो छ सोमबारको माैसम पूर्वानुमान

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

यस्तो छ सोमबारको माैसम पूर्वानुमान

काठमाडाैँ– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा माैसम मुख्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सोमबार दिउँसो गण्डकी, कर्णाली, सुदूरपश्चिम, कोशी र बागमती प्रदेशका पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको  उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै, मधेश, कोशी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ। 

राति पनि कोशी, गण्डकी र कर्णाली  प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। यी तीन प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ।


सम्बन्धित सामग्री