Thursday, May 09, 2024

-->

सडक पार गर्ने क्रममा कारले ठक्कर दिँदा कुवेतमा ३ नेपालीको मृत्यु

शवहरूको पोस्टमार्टम भइसकेको र नेपाल फर्काउन उनीहरूका परिवारसँग सम्पर्क भइरहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ।

सडक पार गर्ने क्रममा कारले ठक्कर दिँदा कुवेतमा ३ नेपालीको मृत्यु
प्रतीकात्मक तस्वीर

काठमाडौँ– कुवेतमा कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौँको नागार्जुन–२ सानो भर्‍याङका सुजन कार्की, अछामको पन्चदेवल विनायक–५ का सुरतबहादुर कडायत र धनुषाका धिरज गुर्मछान मगर रहेका कुवेतस्थित नेपाली दूतावासले जनाएको छ।

दूतावासका प्रथम सचिव तथा सूचना अधिकारी प्रेमराज गौतमका अनुसार मंगलबार बिहान कोस्टल रोड एरियामा दुर्घटनामा परेर उनीहरूको मृत्यु भएको हो। उनका अनुसार मृतकहरू कुवेतको स्क्वायर रेस्टुरेन्ट एन्ड क्याफेमा कार्यरत थिए। हवालीमा बस्दै आएका सुजन र धिरज सोमबार राति महाबुल्ला बस्ने साथी सुरतलाई भेट्न गएको र मंगलबार बिहान डिउटीको लागि कोठामा फर्कने क्रममा बस चढाउन आएका सुरतसहित तीनै जनालाई कुवेती नागरिकले चलाएको कारले ठक्कर दिँदा घटनास्थलमै निधन भएको गौतमले बताए।

गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकहरूको शवको पोस्टमार्टम भइसकेको र नेपाल फर्काउन उनीहरूका परिवारसँग सम्पर्क भइरहेको दूतावासले जनाएको छ।


सम्बन्धित सामग्री