काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले सडकमा गुडेका सवारीसाधनको गति लेजरयुक्त 'स्पिड गन' द्वारा टाढैबाट नाप्ने प्रविधिको प्रयोगमा तीव्रता ल्याएसँगै अत्यधिक गतिका सवारी साधन कारबाहीमा परिरहेका छन्।
काठमाडौँ– चाडपर्वको रमझम शुरू भएसँगै सवारीसाधन तीव्र गतिमा चलाउने, सडक अनुशासन उल्लंघन गर्नेलगायतका कारण काठमाडौँ उपत्यकामा केही दिनयता दुर्घटना बढेका छन्।

सवारीचालकको लापरबाही नियन्त्रण गरी उनीहरूलाई सतर्क बनाउन ट्राफिक प्रहरीले सक्रियता बढाएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यतिबेला लेजरयुक्त 'स्पिड गन'को प्रयोग गरी सडकमा गुडेका सवारीसाधनको गति टाढैबाट नाप्ने प्रविधिको प्रयोगमा तीव्रता ल्याएको छ।

यस प्रविधिको सहयोगमा गति सीमा नाघेर चलाइएका सवारीसाधनलाई नियन्त्रण गर्ने र जरिबाना गर्ने अभियान चलिरहेको ट्राफिक प्रहरीले जनाएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विशेषगरी काठमाडौँको चक्रपथका ठाउँ–ठाउँमा 'स्पिड गन'बाट अनुगमन गरेर हरेक दिन दर्जनौँको संख्यामा सवारीसाधनहरूलाई नियन्त्रणमा लिई जरिबाना गरिएको छ।

ट्राफिक प्रहरीका अनुसार काठमाडौँको चक्रपथ र त्यसभित्रका सडकमा प्रतिघण्टा ५० किलोमिटरको गतिसीमा निर्धारण गरिएको छ।

तोकिएको सीमा उल्लंघन गरी कारबाहीमा पर्नेमा अधिकांश मोटरसाइकलचालक छन्।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
