Monday, May 06, 2024

-->

पाकिस्तानविरुद्ध नेपालले पहिला बलिङ गर्दै

एशिया कप क्रिकेटमा पाकिस्तानसँगको खेलमा नेपालले टस हारेर पहिला बलिङ गर्ने भएको हो।

पाकिस्तानविरुद्ध नेपालले पहिला बलिङ गर्दै

काठमाडौँ– एशिया कप क्रिकेटमा नेपालले पाकिस्तानविरुद्ध पहिला बलिङ गर्ने भएको छ। 

घरेलु मैदान मुल्तान क्रिकेट स्टेडियममा टस जितेर पाकिस्तानले ब्याटिङ रोजेको छ। कप्तान बाबर आजमले पहिला ब्याटिङ गर्ने भएपछि नेपालले बलिङको निम्तो पाएको हो। 

१६औँ संस्करणको एशिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रंगशालामा अहिले ३ः१५ बजे हुँदैछ। नेपाली क्रिकेट टोलीले पहिलोपटक एकदिवसीय वरीयतामा विश्वको नम्बर एक राष्ट्रसँग खेल्न लागेको हो। 


सम्बन्धित सामग्री