एमाले अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणमा अहिले नै उच्चस्तरीय आयोग गठन गरेर अनुसन्धान थाल्न सरकार तयार हुन नसकेको टिप्पणी गरेका छन्।
काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोप लगाएका छन्।
बिहीबार भक्तपुरमा नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको कार्यक्रमलाई सम्बोधन उनले कोशी प्रदेशमा प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालले जनजातिहरू भिडाएर साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोप लगाएका हुन्। उनले कोशी प्रदेशमा आन्दोलन गर्नेहरूमा प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालका कार्यकर्ताहरू रहेको उल्लेख गरे। उनले द्वन्द्व भड्काउनका लागि दाहाल र नेपालले कार्यकर्ताहरू भिडाउने काम गरेको टिप्पणी गरे।
“अहिले पूर्वाञ्चलमा उत्पात मच्चाउने कसका कार्यकर्ता छन् भन्दा माओवादी, प्रचण्डजीका कार्यकर्ता छन्, माधवकुमार नेपालजीका कार्यकर्ता छन्। उहाँहरूले साम्प्रदायिकता, उफ्रेका को छन् भन्दा राई, किराँत, लिम्बू भन्ने साथीहरू उफ्रिएका छन्। उफार्ने को छभन्दा पुष्पकमल दाहाल, माधवकुमार नेपाल,” नुवाकोटमा हुने साँढे जुधाउने खेलको उदाहरण दिँदै उनले भने, “प्रचण्ड र माधव नेपालहरू त्यसै गरेर नेपाली जनतालाई नुवाकोटको गोरु जुधाएजस्तो जुधाएर ताली बजाउन खोजिरहेका छन्, त्यो कुरा हुन दिँदैन।”
अध्यक्ष ओलीले सरकारले सुन तस्करीमा संलग्न रहेका ट्याक्सीमा भएका अभियुक्तलाई भगाएर प्रमाणित गरेको तर्क गरे। उनले सुन बरामद गर्ने क्रममा सँगै ट्याक्सीमा रहेका हर्कबहादुर राईलाई बोलाएको बेला हाजिर हुनु भनेर सुन जम्मा पारिएका स्थानबाट अन्य व्यक्तिहरूलाई भगाउन लगाएको दाबी गरे। उनले सुन तस्करी प्रकरणलाई लुकाउन गिरिबन्धु टी–स्टेटमा आफ्नो संलग्न हुँदै नभएको कुरालाई झिकेर जनतामा भ्रम छर्ने काम भइरहेको जिकिर गरे।
“मेरो सामान भनेर बुझ्न जाने हर्कबहादुर राई त्यही ट्याक्सीमा छ। राजस्व अनुसन्धान विभागमा पुर्याएर एक क्विन्टल सुनसमेत पक्राउ परेका अभियुक्तहरू उहाँ लगेर फेरि खोजीका बखत हाजिर हुन्छु भनेर छोडे। किन छोड्यो, के भनेर छोड्यो– छिटो जाऊ, सबलाई खबर गर, सामान लुकाऊ, मान्छे भगाऊ, तीन दिनपछि फेरि समात्छौँ – त्यसरी दुई जनालाई पठाए। अनुसन्धानले त्यसरी छोड्छ, अनुसन्धान भनेको त्यस्तै हुन्छ? सय केजी ६१ मा झरेको छ,” उनले भने, “यति मजाक गरिरहन, भ्रष्टाचारको यस कुरालाई लुकाउन गिरिबन्धु टी–स्टेट खायो केपीले भने छ। झापामा गिरिबन्धुको हो, मेरो होइन, मैले के गर्नु त छ भने।”
अध्यक्ष ओलीले सुन तस्करी प्रकरणमा अहिले नै उच्चस्तरीय आयोग गठन गरेर अनुसन्धान थाल्न सरकार तयार हुन नसकेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
