गलकोटका अधिकांश युवा जापान पुगेका छन्। त्यसैले गलकोटलाई 'जापाने गाउँ'समेत भन्ने गरिन्छ। रमेश भने जापान त्यागेर देशमा नै केही गर्ने अठोटका साथ बख्रापालन गरिरहेका छन्।
गलकोट– बागलुङको गलकोट नगरपालिका–५ का ३४ वर्षीय रमेश बस्नेत बाख्रापालनमा लागेका छन्। ११ वर्षअघि विद्यार्थी ‘भिसा’मा जापान पुगेका उनले त्यहाँ आठ वर्ष बिताए। कोराना कहरको समयमा नेपाल फर्किए।
त्यसपछि जापान जान मन लागेन। कोरोना महामारीले धेरै नेपाली समस्यामा परेको सम्झँदै स्वदेशमा नै आत्मनिर्भर बन्ने सोच बनाए । र, गलकोट नगरपालिका–९ गल्याङमा बाख्रा फर्म सञ्चालनमा ल्याए। उनी तीन रोपनी जग्गामा समुन्नत एग्रो फर्म स्थापना गरी बाख्रापालन गर्दै आएका छन्। बाख्रापलनमा आधुनिक प्रविधिको प्रयोग तथा वैज्ञानिक प्ररकारको खोर व्यवस्थापन गरेका छन्।
बाख्रापालनका लागि विदेशबाट आयातित घाँसखेती समेत गर्दै आएका छन्। गलकोटका युवा अधिकांश जापान जाने गर्छन्। गलकोटलाई समय जापाने गाउँसमेत भन्ने गरिन्छ। त्यही जापाने गाउँका रमेशले भने जापान त्यागेर देशमा नै केही गर्ने अठोटका साथ तीन वर्षयता बख्रापालन गरिरहेका छन्।
बाख्रापालनमा ४० लाख रुपैयाँ लगानी भइसकेको छ। “विद्यार्थी भिसामा जापान पुगियो। कोरोना कहरको समयमा नेपालमा आएको थिएँ। फर्कन मन लागेन,” बस्नेतले भने, “जापानमा दुःख गरेको कमाइलाई व्यावसायिक काममा लगानी गर्ने सोच आयो। बाख्रापालनमा आफ्नो भविष्य देखेँ। फर्ममा ७० वटा बाख्रा, बोका र पाठापाठी रहेका छन्।”
बस्नेतले बाख्रापालनका लागि आधुनिक र प्रविधिमैत्री खोर बनाएका छन्। खोरमा २०० वटा बाख्रा पाल्न सकिन्छ। फर्म वरपरको जग्गा तारबार गरेर व्यवस्थितसमेत गरेका छन्।
“विदेशको दुःखसमेत भोगियो। नेपालमै केही गर्न सकिन्छ भन्ने अठोट गरेर फर्म स्थापना गरेको हुँ। अहिले बाख्राका पाठा–पाठी हुर्काउनका लागि आवश्यक दूधका लागि समेत दुई वटा गाईसमेत पाल्दै आएको छु,” बस्नेतले भने, “पहिलोवर्ष फर्म स्थापना गरियो। दोस्रो वर्ष जन्मेका सबै पाठा तथा पाठी हुर्काइयो। तेस्रो वर्ष मात्रै ५० वटा बोका बिक्री गर्न सफल भइयो।” हालसम्म १२ देखि १५ लाख आम्दानी भए पनि उक्त रकम फर्म विस्तारमा खर्च भएको उनले सुनाए।
अहिले सम्मुनत एग्रो फर्ममा बोयर जातका बोका तथा बाख्रा हुर्किरहेका छन्। बाख्रा फर्ममा उन्नत जातको उत्पादित घाँस बढी प्रयोग गर्दा नाफा गर्न सकिने उनको भनाइ छ। फर्ममा उत्पादित खासी बोका नजिकैको हटिया बजारमा खपत हुँदै आएको बस्नेतले बताए।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत गत आर्थिक वर्षमा एक लाख अनुदानमा ट्रस निर्माण गरे। यहीवर्ष फर्ममा २०० वटा बाख्रा पुर्याउने लक्ष्य रहेको उनले सुनाए। गलकोट नगरपालिकाले फर्म सञ्चालनका लागि प्राविधिक सहयोग गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
