Monday, May 06, 2024

-->

बससँग ठोक्किएर सप्तकोसीमा ट्रक खस्यो, ३ जनाको उद्धार

मानवीय क्षति नभए पनि ट्रक पानीमा डुबेको सुनसरी प्रहरीले जनाएको छ।

बससँग ठोक्किएर सप्तकोसीमा ट्रक खस्यो ३ जनाको उद्धार
फाइल तस्वीर

काठमाडौँ– कोशी ब्यारेजबाट ट्रक सप्तकोशी नदीमा खसेको छ।

ब्यारेजको पुलमा बससँग ठोक्किएपछि ट्रक नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरीले डोरी टाँगेर ट्रक चालकसहित तीनजनाको नदीबाट उद्धार गरेको छ।

एकजना यात्रुलाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ। ट्रक कोसी ब्यारेजको ९ र १० नं ढोकाबाट नदीमा खसेको हो।

मानवीय क्षति नभए पनि ट्रक पानीमा डुबेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईले बताए।


सम्बन्धित सामग्री