जसपा प्रवक्ता मनीष सुमनले गौर घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गरेका छन्।
काठमाडौँ– जनता समाजवादी पार्टी नेपाल (जसपा)ले सरकार र गौर हत्याकाण्डका पीडितबीच साउन २३ गते भएको सहमतिप्रति आपत्ति जनाएको छ।
गौर घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन गर्नुपर्ने उनले माग गरे।
सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच २३ गते मंगलबार पाँचबुँदे सहमति भएको थियो। सोही सहमतिप्रति शुक्रबार पत्रकार सम्मेलन गरेर जसपाले आपत्ति जनाएको हो।
पत्रकार सम्मेलनमा जसपाका प्रवक्ता मनीष सुमनले तत्कालीन माओवादी नेता प्रभु साहलगायतको हठका कारण गौर हत्याकाण्ड भएको दाबी गरे।
उनले गौर घटनाबारे बनेका छानबिन समिति र आयोगका प्रतिवेदनहरू सार्वजनिक गर्नुपर्ने बताए। गौर घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन गर्नुपर्ने उनले माग गरे।
१६ वर्षअघि गौरमा भएको घटनामा परेर तत्कालीन नेकपा माओवादीका २७ कार्यकर्ताको निधन भएको थियो।
सरकार र संघर्ष समितिबीच मंगलबार घटनाको विषयमा तत्कालीन समयमा दर्ता भएका जाहेरीमाथि छानबिन र अनुसन्धान गरी तथ्य र प्रमाणको आधारमा दोषीलाई कानूनबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउनेसहित पाँचबुँदे सहमति भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
