सप्तरीमा मिटरब्याजसम्बन्धी एक हजार ५७९ निवेदन परेको छ। तीमध्ये ८१ निवेदन फर्छ्योट हुँदा चार करोड ७६ लाख रुपैयाँ पीडितले साहुलाई तिराएका छन्।
राजविराज– सप्तरीमा निवेदन परेका मिटरब्याजसम्बन्धी ८१ वटाको निवेदन टुंगो लगाइएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार सप्तरीमा केही दिनयता दैनिक रूपमा छलफल चलाइरहेको अवस्थामा ८१ निवेदन फर्छ्योट भएको जनाएको छ। सप्तरी जिल्लामा मिटरब्याजसम्बन्धी एक हजार ५७९ निवेदन परेको छ।
निवेदन उपर जिल्ला प्रशासन कार्यालयमा दैनिक छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए। उनले भने, “अहिले दुई ठाउँमा राखेर छलफल भइरहेको छ, छिटोभन्दा छिटो मुद्दा टुंगियोस् भन्ने हाम्रो चाहना छ।” उनका अनुसार मिटरब्याज पीडितले दिएको निवेदनका आधारमा पीडित र पीडकलाई बोलाएर छलफल गर्ने गरिएको छ।
पीडित र पीडकको तर्फबाट एक/एक, जिल्ला प्रशासन कार्यालयका एक जना र जिल्ला प्रहरी कार्यालयका एक जना राखेर छलफल चलाइएको प्रजिअ थापाले जानकारी दिए। आवश्यक पर्दा मालपोत, नापीका कर्मचारीलाई पनि छलफलमा सहभागी गराइने गरेको उनले बताए।
उनका अनुसार अहिलेसम्म आठ सय तीन पटक छलफल भइसकेको छ। उनले मिटरब्याजसम्बन्धी परेका निवेदनमध्ये ८१ निवेदन फर्छ्योट हुँदा चार करोड ७६ लाख पीडितले साहुलाई तिराएका छन्।
दुई करोड ८८ लाख ४४ हजार रुपैयाँको तमसुक च्यातिएको छ भने १२ बिघा १२ कट्टा १६ धुर जग्गा पीडितलाई फिर्ता भएको प्रजिअ थापाले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
