भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले स्थानीय जनता र जनप्रतिनिधिलाई नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणमा भएका अवरोध हटाउन सहयोग गर्न आग्रह गरे।
काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले एक वर्षभित्र नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण सम्पन्न हुने बताएका छन्।
मंगलबार उच्च अधिकारीसहितको टोलीसहित नागढुंगा–सिस्नेखोला सुरुङमार्गको अनुगमनपश्चात् सञ्चारकर्मीसँगको कुराकानीमा उनले सुरुङमार्गको ३५ मिटर मात्रै ‘ब्रेक थ्रो’ गर्न बाँकी रहेको भन्दै करिब एक वर्षभित्र यातायात सञ्चालन गर्ने गरी निर्माण कार्य अघि बढाएको बताएका हुन्।
मन्त्री ज्वालाले सुरुङमार्गमा भएको प्रगति सन्तोषजनक रहेको भन्दै समयमा नै निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरे। उनले देशकै संघीय राजधानी काठमाडौँ जोड्नका निम्ति धेरै महत्त्वपूर्ण आयोजना रहेको भन्दै सरकारको प्रमुख प्राथमिकतामा रहेको बताए।
“अब सुरुङमार्ग एक वर्षभित्र सरकारले यातायात सञ्चालन गर्ने गरी निर्माण सम्पन्न गर्ने गरी लागि रहेका छौँ,” उनले भने, “देशकै संघीय राजधानी काठमाडौँ जोड्नका निम्ति यो धेरै महत्त्वपूर्ण आयोजना हो। नेपालमा पहिलो नमूना प्रयोगको रूपमा यातायात सुरुङ मार्गको रूपमा आयोजना अघि बढेको छ। आवतजावतको लागि सहजता हुन्छ।” उनले आयोजनाले नेपालको समृद्धिमा आर्थिक रूपमा ठूलो मद्दत पुर्याउने पनि बताए।
उनका अनुसार परियोजनामा जापानको जाइकाको साढे १६ अर्ब सहयोग र नेपाल सरकारको ७ अर्ब जति लगानी गरेको छ। अहिले देख्दा खर्च बढी भएको देखिए पनि निकट भविष्यमा आयोजनाबाट धेरै ठूलो लाभ प्राप्त गर्न सकिने उनको भनाइ छ।
उनले स्थानीय जनता र जनप्रतिनिधिलाई नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणमा भएका अवरोध हटाउन सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले निर्माण कार्य ढिला गर्ने र गुणस्तर कम हुने कामलाई सरकारले छुट नदिने उल्लेख गरे।
“निर्माण कार्य र ढिला हुने, गुणस्तर कम हुने कामलाई मन्त्रालयले कुनै छुट दिँदैन। सरकारले त्यस्तो भए कारबाही पनि गर्छौं। गुणस्तरीय, समयमा नै काम गर्ने निर्माण व्यवसायी, प्राविधिक, कर्मचारीलाई सम्मान गर्छौं। गुणस्तरीय र समयमा नै सुरुङमार्गको काम सम्पन्न हुनेछ,” उनले भने ।
मन्त्री ज्वालाले निरीक्षणका क्रममा थपिएको समय सीमाभित्र काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिँदै निर्माण प्रक्रियामा कुनै व्यावहारिक जटिलता उत्पन्न भए सहजीकरण गर्न सरकार तयार रहेको बताए। २.६८ किलोमिटर लम्बाइ रहेको सुरुङ मार्गको नौ मिटर चौडाइको मुख्य टनेल र चार मिटर चौडाइको रेस्क्यु टनेल गरी दुई सुरुङ निर्माण भइरहेका छन्। सुरुङमार्गको निर्माण अवधि सरकारले १४ महिना थप गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
