Friday, May 10, 2024

-->

बैतडीमा बस दुर्घटना हुँदा एकको मृत्यु, ४१ जना घाइते

बैतडीको मेलौलीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्।

बैतडीमा बस दुर्घटना हुँदा एकको मृत्यु ४१ जना घाइते

बैतडी– बैतडीको मेलौलीमा सोमबार दिउँसो भएको बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परेर ४१ जना घाइते भएका छन्।

पञ्चेश्वरबाट महेन्द्रनगर जाँदै गरेको लु२ख २०११ नम्बरको पवनदूत यातायातको बस दिउँसो १ बजे मेलौली नगरपालिका–७ स्वाखानीमा दुर्घटनामा परेको हो। मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका–६ रन्तोलीका २७ वर्षीय उमेश भण्डारी रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । भण्डारीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा मृत्यु भएको हो। 

दुर्घटनामा परेर घाइते हुने ४१ सबैलाई मेलौलीमा उपचार हुन नसकेपछि थप उपचारका लागि डडेल्धुरा अस्पताल रेफर गरिएको छ। रेफर गरिएकामध्ये २६ जनाको अवस्था गम्भीर रहेको प्रवक्ता खत्रीले बताए। उनले भने, “घाइते ४१ जनालाई डडेल्धुरा रेफर गरेका छौँ, तीमध्ये २६ जनाको अवस्था गम्भीर छ। १५ जना मध्यम अवस्थामा छन्।”

ओरालो सडकमा अनियन्त्रित भएर सडक दुर्घटनामा परेको हो। सडकबाट चार सय मिटर तल खसेर बस रुखमा अड्किएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।


सम्बन्धित सामग्री