आन्दोलनमा उत्रिएका मिटरब्याज पीडितहरूले सरकारले दिएको ‘ललिपप’ले मान्ने अवस्था नरहेको बताएका छन्।
काठमाडौँ– मिटरब्याज विरुद्धको कानून पारित गर्न माग गर्दै मिटरब्याज पीडितहरूले काठमाडौँमा प्रदर्शन गरेका छन्। आइतबार काठमाडौँको माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म मिटरब्याज पीडितहरूले प्रदर्शन गरेका हुन्।

मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले २० वैशाखमा ल्याएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० को प्रतिस्थापन विधेयक निष्क्रिय भएको छ।

संविधान अनुसार अध्यादेश जारी भएको ६० दिनभित्र संसद्बाट पारित नभए निष्क्रिय हुन्छ। कानून निष्क्रिय भएसँगै मिटरब्याज पीडितहरूले कानून पारित हुनुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन्।

मिटरब्याज पीडित रेखा साहले तीन वटा पार्टीहरू मिलेर मिटरब्याज विरुद्धको कानून पारित हुन नदिएको आरोप लगाइन्। उनले संसद्बाट मिटरब्याज विरुद्धको कानून पारित नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिइन्।

उनले मिटरब्याज पीडितले न्याय नपाएसम्म सडक आन्दोलन गरिरहने बताइन्। उनले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी, नेपाल गरी तीन पार्टी मिलेर कानून पास हुन नदिएको आरोप लगाइन्।

पीडितहरूले सरकारले माग सम्बोधन गर्न छानबिन आयोग बनाएर पनि कारबाही गर्न बनेको कानून निष्क्रिय भएसँगै मिटरब्याजीहरू चलमलाएको बताए। उनीहरूले मिटरब्याजीहरू घरघरमा गएर गाली बेइज्जती गर्न थालेको बताए। पीडितहरूले सरकारले दिएको ‘ललिपप’ले मान्ने अवस्था नरहेको बताए।



Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
