सरकारले यसपटक ल्याएको बजेट भने समय अभावका कारण संशोधन हुन नसक्ने लेखकको भनाइ छ।
काठमाडौँ– कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद्ले बजेट संशोधन गर्नसक्ने व्यवस्था गर्नुपर्ने बताएका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै लेखकले आजसम्म बजेट संशोधन हुन नसक्ने व्यवस्था रहेको भन्दै आगामी दिनमा संसद्ले बजेट संशोधन गर्नसक्ने व्यवस्था माग गरेका हुन्।
संसद्भित्र बजेट सम्बन्धमा भएको छलफलको औचित्यमाथि नै प्रश्न उठ्न थालेकाले यसप्रति सबै गम्भीर हुनुपर्ने उनको भनाइ थियो।
“बजेट प्रस्तुत भइसकेपछि सदनले आफ्नो भूमिका खोज्छ। यसलाई ठिक ढंगले परिमार्जन गरेर अन्तिम रूप दिन्छ, र दिनुपर्छ भन्ने मान्यताका साथ हामी अगाडी बढ्नुपर्छ भन्ने म आग्रह गर्न चाहन्छु,” लेखकले भने, “अर्को बजेट आउनुभन्दा पहिला नै आगामी दिनमा प्रतिनिधिसभामा संशोधन गरौँ र अहिलेको जुन व्यवस्था छ बजेटको सम्बन्धमा त्यसलाई परिमार्जन गरौँ। बजेटमा पनि संसद्ले आफ्नो भूमिका खोज्ने र तदनुरूप बजेटलाई पनि परिमार्जन गरेर जान सक्ने व्यवस्था गरौँ।”
यद्यपि सरकारले यसपटक ल्याएको बजेट भने समय अभावका कारण संशोधन हुन नसक्ने लेखकको भनाइ छ।
सांसद विकासको प्रतिनिधि हो कि कानून निर्माणको जिम्मा लिएर आएको हो भन्ने कुरामा पनि स्पष्टता हुन नसकेको लेखकको भनाइ थियो। सांसदहरू चुनाव लड्दा विकासका कुरा गरेर लड्ने तर संसद्मा पुगिसकेपछि कानून निर्माताका रूपमा परिभाषित हुने गरेकाले यो विरोधाभासलाई स्पष्ट पार्नुपर्ने उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
