जसपाका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चा कसैका विरुद्धमा नभएको दाबी गर्दै यसबाट कोही पनि डराउन नपर्ने बताएका छन्।
काठमाडौँ– जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चा कसैका विरुद्धमा नभएको दाबी गर्दै यसबाट कोही पनि डराउन नपर्ने बताएका छन्। सोमबार काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित ‘समाजवादी मोर्चा, नेपाल’ घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष यादवले मोर्चा कसैका विरुद्ध लक्षित नरहेको बताएका हुन्।
“यो (समाजवादी मोर्चा) कसैको विरुद्धमा लक्षित छैन। त्यस कारणले कोही नतर्सिए हुन्छ। धेरै मान्छेहरू अहिले नै केही साथीहरू यसो घोषणा हुनुभन्दा अगाडि नै बरबराउन थाल्नु भएको थियो। मिडियाहरू बरबराएको पढ्न, सुन्न पाइयो,” उनले एमाले अध्यक्ष केपी ओलीप्रति संकेत गर्दै भने, “त्यस्तो नबरबराउँदा हुन्छ। हामी देशको जनताको हितका लागि, मुलुकको अग्रगामी परिवर्तनका लागि सहकार्य, परस्पर सहयोगको आधारमा अगाडि बढ्छौँ।”
परिवर्तनका मुद्दालाई अगाडि बढाउने, राष्ट्र निर्माणलाई अगाडि बढाउने र मुलुकमा देखा परेका समस्यालाई हल गर्दै अगाडि बढ्नका लागि मोर्चा गठन गरिएको उनको तर्क थियो। अध्यक्ष यादवले प्रतिगमनका पक्षधर, संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध उभिनेहरूका विरुद्धमा भने मोर्चाले संघर्ष गर्ने चेतावनीसमेत दिए।
उनले समानता, सामाजिक न्याय र समतामा आधारित एउटा समाजवादी समाजको निर्माण गर्ने दिशातर्फ अगाडि बढ्नका लागि नै मोर्चा गठन गरिएको र त्यसमा सफलता हात पार्ने दाबीसमेत गरे। उनले सबै समुदायका जनतालाई परिवर्तनको अनुभूति गराउन लागि सामूहिक प्रयास गर्न पनि समाजवादी मोर्चा उपयोगी हुने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
