कोरोना भाइरसका बिरामीलाई नियमित निगरानी र जोखिममा रहेका शंकास्पद यात्रुको स्क्रिनिङ भने जारी रहने मन्त्रालयले जनाएको छ।
काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण दर घट्दै गएकाले मास्कको प्रयोग स्वेच्छिक रूपमा गर्न आग्रह गरेको छ।
मन्त्रालका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. समीरकुमार अधिकरीले सूचना जारी गर्दै संक्रमण दर घट्दै गएपछि कोभिड–१९को मापदण्ड परिमार्जन गर्दै मास्कको प्रयोगलाई स्वेच्छिक बनाएको बताए।
यस अघिसम्म मास्क प्रयोग अनिवार्य थियो। सङक्रमण दर न्यून भएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रुले पीसीआर रिपोर्ट र खोप कार्डसमेत आवश्यक नभएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले कोभिड–१९ संक्रमण दर र अस्पतालमा भर्ना दरमा उल्लेखनीय कमी आएको, अधिकांश मानिसले पूर्णमात्रा खोप लगाइसकेको अवस्था, भारतमा पनि संक्रमण दर न्यून रहेकाले मापदण्ड हटाइएको जनाएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका तत्कालीन निर्देशक डा. चुमनलाल दास संयोजकत्वमा गठित विज्ञ टोलीले अर्को सूचना नभएसम्मका लागि कोरोना परीक्षण र खोप लगाएको प्रमाणपत्र नचाहिने सिफारिस गरेको थियो। कोरोना भाइरसका बिरामीलाई नियमित निगरानी र जोखिममा रहेका शंकास्पद यात्रुको स्क्रिनिङ भने गरिने छ।
मन्त्रालयले कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचार व्यवस्थापनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट भएको सहयोगप्रति कृतज्ञता व्यक्त गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
