“कोही एकाएक गड्यौलाजस्तो आजको आजै निस्किएको भन्ने सोच्नु हुँदैन। नयाँ उदयमान शक्तिहरूले मातृभूमिलाई शिरमा राखेर देशको हितमा काम गर्छन् भने उनीहरूलाई जनताले साथ दिन सक्छन्।”
काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रणाली आफैँमा गलत नभए पनि काम गर्ने व्यक्तिहरूका कारण नकारात्मक कुराहरू हुने बताएकी छन्। कुनै एक व्यक्तिले कामका सन्दर्भमा गरेको गल्ती देखाएर प्रणाली नै खत्तम भएको निचोड निकाल्न नहुने पनि भण्डारीले बताएकी छन्।
राष्ट्रिय समाचार समिति (रासस)लाई अन्तर्वार्ता दिँदै भण्डारीले राजनीतिमा नयाँ पुस्ता आए पनि 'हामी नै विकल्प हो' सोच राख्न नहुने पनि बताइन्। "कोही एकाएक गड्यौलाजस्तो आजको आजै निस्किएको भन्ने सोच्नु हुँदैन। राजनीतिमा विभिन्न खालका तरेलीहरू आउँछन्। नयाँ उदयमान शक्तिहरूले मातृभूमिलाई शिरमा राखेर देशको हितमा काम गर्छन् भने उनीहरूलाई जनताले साथ दिन सक्छन्," उनले भनेकी छन्।
परिवर्तन हुनुभन्दा पहिला लामो समयदेखि मुलुक थाङ्थिलो अवस्थामा रहेको उनले बताएकी छन्। "मानिसहरू शिक्षा र रोजगारीका कारण किन विदेश पलायन भए ? स्वदेशमा रोजगारी र उत्पादनको अवस्था कस्तो छ? ती सबैलाई मूल्यांकन गरेर हेर्नुपर्छ," उनले भनेकी छन्, "त्यसैले हामी कुनै एक व्यक्तिले कामका सन्दर्भमा गल्ती गरे भन्दैमा प्रणाली नै खत्तम हो भन्ने निचोडमा जानु हुँदैन। एक जना आमाका १२ जना छोराछोरी होलान्, कुनै एकले केही गल्ती गरे भन्दैमा आमा नै गलत भन्ने सोचमा पुग्नुहुन्छ र?"
नयाँ प्रणालीमा प्रवेशपछि जुन गतिमा परिवर्तन र विकासका काम अघि बढ्नुपर्ने हो, त्यो भने धिमा भएको उनले बताएकी छन्। उनले भनेकी छन्, "यसबीचमा जनताका इच्छा र आकांक्षालाई पूरा गर्न तीव्रता दिनुपर्थ्यो, त्यो नभएको हुनसक्छ। समग्रमा भन्नुपर्दा मैले बिताएको राष्ट्रपतिको कार्यकाल र गणतन्त्र कार्यान्वयनको अवस्था ठीक दिशातर्फ नै उन्मुख छ भन्ने मेरो अनुभव छ।"
कोरोना महामारीभन्दा अघिको विकासको गतिलाई हेर्ने हो भने झण्डै ७ प्रतिशत विकासको दर पुगेको उनले उल्लेख गरेकी छन्। महामारीले त्यसमा गतिरोध ल्याएको भन्दै भण्डारीले त्यसमा राजनीतिक अस्थिरताले पनि प्रभाव पारेको बताएकी छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
