Friday, May 03, 2024

-->

बायर्न म्युनिखले जित्यो बुन्डेसलिगाको उपाधि

शीर्षस्थानमा रहेको बोरुसिया डर्टमुन्ड अन्तिम खेलमा बराबरीमा रोकिएपछि कोल्नलाई २–१ ले पराजित गर्दै बायर्न च्याम्पियन बनेको हो।

बायर्न म्युनिखले जित्यो बुन्डेसलिगाको उपाधि

काठमाडौँ– डर्टमुन्डलाई पछि पार्दै बायर्न म्युनिखले जर्मन बुन्डेसलिगाको उपाधि जितेको छ।

शीर्षस्थानमा रहेको बोरुसिया डर्टमुन्ड अन्तिम खेलमा बराबरीमा रोकिएपछि बायर्न कोल्नलाई २–१ ले पराजित गर्दै च्याम्पियन बनेको हो।

समान खेलबाट दुवै टिमले ७१ अंक जोडेपनि गोल अन्तरमा डर्टमुन्ड पछि परेको हो। कोल्नमा शनिबार राति भएको खेलमा बायर्नको जितमा किङ्सले कोमान र जमल मुसिएलाले गोल गरे।

डर्टमुन्डका डिजानले १ गोल फर्काए। बायर्नले लगातार ११औँ पटक बुन्डेसलिगाको उपाधि जितेको हो। बायर्न २०११/१२ पछि लगातार च्याम्पियन हुँदै आएको छ। यो बायर्नको ३२औँ बुन्डेसलिगा उपाधि हो।

आरबी लाइप्जिग र युनियन बर्लिन शीर्ष ४ मा रहँदै अर्को सिजनको च्याम्पियन्स लिगमा छनोट हुन सफल भए।


सम्बन्धित सामग्री