रोजगारीको खोजीमा दिनानुदिन युवाहरू विदेश गइरहेका छन्। तर, म्याग्दीको अन्नपूर्ण–६ का नारायण बरुवाल भने विदेशको जागिर छाडेर गाउँ फर्किएर बाख्रापालन शुरू गरेका छन्।
गण्डकी– अन्नपूर्ण–६ म्याग्दीका नारायण बरुवाल वैदेशिक रोजगारी छाडेर बाख्रापालनमा लागेका छन्। वर्षौँदेखि परम्परागत शैलीमा बाख्रा तथा भेडापालनमा लागेको बरुवाल परिवारले नवीनतम शैली र प्रविधिलाई पछ्याउँदै व्यावसायिक बाख्रापालन शुरू गरेको हो।
बरुवालले पाँच वर्षभन्दा बढी समय कतार एयरपोर्टमा काम गरे। त्यहाँ राम्रै आम्दानी थियो भने जागिरलाई निरन्तरता दिन पनि समस्या थिएन। तर, उक्त कामलाई छाडेर गाउँ फर्किएका छन्। व्यवस्थित खोर निर्माण, उन्नत जातको घाँस लगाउने, उन्नत नस्लको पाठापाठी उत्पादनका साथै व्यवस्थित बाख्रापालनका लागि पूर्वाधार तयार गरिसकेका छन्।
उनलाई कृषि तथा पशुपक्षी मन्त्रालयअन्तर्गत नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना (एनएलएसआपी)ले आर्थिक सहयोग गरेको छ। उनले होलिडे कृषि तथा पशुपंक्षी फर्ममा आधुनिक विधिबाट बाख्रापालनका लागि पूर्वाधार विकासका गरिसककेका छन्। खोरमा मात्रै २९ लाख रुपैयाँ र १९ लाख रुपैयाँ बाख्रा खरिद एवं सोलार जडान आदिमा खर्च भएको नारायणले सुनाए।
बरुवालका खोरमा साना र ठूला गरी १२० वटा बाख्रा छन्। वरपर जंगल भएका कारण चितुवाबाट बाख्रा जोगाउन १५० मिटर तारबारले खोरलाई घेरेर सुरक्षित बनाइएको छ। घाँसको दिगो व्यवस्थापनका लागि २५ रोपनीमा घाँस लगाइएको छ। फार्ममा बोयर क्रस, शुद्ध बोयर, सिनाल, जमुनापारी आदि जातका बाख्रा छन्।
विदेशबाट फर्किएर बाख्रापालनमा लाग्दा नारायणका अघि विभिन्न प्रश्न पनि तेर्सिने गरेका छन्। विदेशको राम्रो जागिर छाडेर यस्तो काममा किन लागेको भनेर दिनहुँ मानिसले सोध्ने गरेको उनले बताए।
“स्वदेशमा नै केही गर्न सकिन्छ कि भनेर विदेशको जागिर छाडेर फर्किएको हुँ,” नारायणले भने। बुबा धनबहादुरले पनि छोराको व्यवसायमा सघाइरहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
