Sunday, April 28, 2024

-->

च्याम्पियन्स लिग : इन्टरद्वारा एसी मिलान पराजित

एसी मिलानलाई २–० ले पराजित गर्दै इन्टरले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।

च्याम्पियन्स लिग  इन्टरद्वारा एसी मिलान पराजित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिगअन्तरगत सेमिफाइनलको पहिलो लेगमा इन्टर मिलानले एसी मिलानलाई पराजित गरेको छ।

गएराति भएको खेलमा एसी मिलानलाई २–० ले पराजित गर्दै इन्टरले फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो। इन्टरको जितमा इडेन जेको र हेनरिक मिखटरयानले गोल गरे।

खेलको आठौँ मिनेटमा जेकोले गोल गर्दै इन्टरलाई १–० को अग्रता दिलाए। उनले हकान चलहानोग्लुको पासमा गोल गर्न सफल भएका थिए।

११औँ मिनेटमा हेनरिकले गोल गर्दै अग्रता दोब्बर पारे। उनले फेडरिको डिमार्कोको पासलाई जाली चुमाएका थिए।

खेलको शुरूआतमै पछि परेको मिलानले इन्टरलाई दबाब राखे पनि गोल गर्न नसक्दा पराजय बेहोर्‍यो। सेमिफाइनलको दोस्रो लेग मे १७ मा हुनेछ। 


सम्बन्धित सामग्री