खोला छोप्ने कार्य वर्जित भएको र यस्ता कार्यलाई नियन्त्रण गर्नुपर्छ भन्ने नीतिअनुरूप महानगरले चालेका कुनै पनि कदम खेर नगएको प्रमुख शाहले बताएका छन्।
काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले टुकुचा खोलाको प्राकृतिक अधिकार पुनः स्थापना गराउने काममा पहिलो चरणको सफलता प्राप्त भएको बताएका छन्।
उच्च अदालत पाटनले टुकुचाका विषयमा गरेको फैसलालाई उद्धृत गर्दै प्रमुख शाहले खोला छोप्ने कार्य वर्जित भएको र यस्ता कार्यलाई नियन्त्रण गर्नुपर्छ भन्ने नीति अनुरूप चालेका कुनै पनि कदम खेर नगएको बताएका छन्।
“उच्च अदालत पाटनको फैसलाको पूर्णपाठले टुकुचा खोलालाई प्राकृतिक स्वरूपमा खुला कायम गर्ने विकल्पलाई स्पष्ट रूपमा मान्यता दिएको छ। टुकुचा ढल होइन, टुकुचा खोला नै हो भन्ने कुरा पुनः प्रमाणित गरेको छ,” उनले भने, “नदीको प्राकृतिक अधिकार र कानुनी व्यक्तित्व हुन्छ भन्ने विधिशास्त्रको घोषणा गरेको छ।”
अदालतको फैसलाले टुकुचा खोलाको प्राकृतिक अधिकार पुनः स्थापना तथा संरक्षणका लागि काठमाडौँ महानगरलगायत संघीय सरकारका निकायको ध्यानाकर्षणसमेत गरेको प्रमुख शाहले बताएका छन्। कुनै पनि नदी वा खोलाको बहाव क्षेत्र, त्यसको दायाँबायाँ वा माथिको जग्गा व्यक्तिका नाममा हुन नसक्ने मापदण्ड छ।
“तसर्थ, अब टुकुचा खोलाको क्षेत्राधिकारभित्र व्यक्ति विशेषको नाममा त्रुटिवश कायम हुन गएको जग्गाको कानुन बमोजिम लगत कट्टा गर्ने र त्यस्तो जग्गा महानगरवासीको सर्वोत्तम हित हुने गरी सार्वजनिक प्रयोजनमा ल्याउने सम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाइने,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
