गैरभुटानीलाई शरणार्थीका रूपमा अमेरिका लैजाने घटनामा संलग्न देखिएको भन्दै प्रहरीले एमाले सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई पक्राउ गर्ने तयारी गरेको छ।
काठमाडौँ- प्रहरीले नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई पक्राउ गर्ने तयारी गरेको छ।
गैरभुटानीलाई शरणार्थीका रूपमा अमेरिका लैजाने घटनामा संलग्न देखिएको भन्दै प्रहरीले रायमाझीलाई पक्राउको तयारी गरेको हो। यसअघि पक्राउ परेकाहरूको बयानका आधारमा उनको संलग्नता देखिएको प्रहरी स्रोतको भनाइ छ।
रायमाझी प्रतिनिधिसभा सदस्य हुन्। उनी अर्घाखाँचीबाट प्रत्यक्ष निर्वाचित भएका हुन्। उनलाई पक्राउ गर्न संसदसँग समन्वय गर्नुपर्ने हुन्छ। प्रहरीले उनीसँगै उनका छोरा सन्दीपलाई पनि पक्राउको तयारी गरेको छ।
सांसद रायमाझीलाई पक्राउ गर्न अर्घाखाँची प्रहरीसित समन्वय गरिरहेको पनि प्रहरी स्रोतले जनाएको छ। उनी अहिले सन्धिखर्कमा छन्। तर, रायमाझीले आफूलाई पक्राउको तयारी गरिएको बारे जानकारी नभएको बताएका छन्। सदरमुकाम सन्धिखर्कमा उनले पत्रकारसँग कुरा गर्दै यसबारे जानकारी नभएको बताएका हुन्।
यसअघि प्रहरीले बुधबार उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
