Sunday, May 05, 2024

-->

‘ए’ डिभिजन लिग : एपीएफसँग खुमलटार पराजित

जितसँगै एपीएफले १२ खेलबाट १७ अंक जोडेको छ। पाँचौँ स्थानमा रहेको एपीएफले ५ जित, २ बराबरी र ५ हार बेहोरेको छ।

‘ए’ डिभिजन लिग  एपीएफसँग खुमलटार पराजित

काठमाडौँ–  विभागीय एपीएफ क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा एफसी खुमलटारलाई पराजित गरेको छ।

एन्फा कम्प्लेक्सका सोमबार सम्पन्न खेलमा एपीएफले खुमलटारलाई २–० गोलअन्तरले पराजित गरेको हो। एपीएफका विदेशी फरवार्डद्वय अब्डोउ रमानी र अर्मान्ड बिडोमको गोल गरे।

खेलको २६औँ मिनेटमा एब्डोउ रमानीले गोल गर्दै एपीएफलाई अग्रता दिलाए। ७०औँ मिनेटमा अर्मान्डले गोल गर्दै एपीएफलाई २–० गोलअन्तरले विजयी गराए।

जितसँगै एपीएफले १२ खेलबाट १७ अंक जोडेको छ। पाँचौँ स्थानमा रहेको एपीएफले ५ जित, २ बराबरी र ५ हार बेहोरेको छ। पराजित खुमलटारको समान खेलमा १३ अंक छ। खुमलटार ११औँ स्थानमा यथावत् छ। खुमलटारले ४ जित, १ बराबरी र ७ हारको नतिजा निकालेको छ।


सम्बन्धित सामग्री