भुटानी शरणार्थी बनाई अमेरिका लैजान्छु भनेर कास्की, दाङ, मोरङ, रुकुमलगायत जिल्लाका नागरिकलाई ठगेको पाइएको प्रहरीले जनाएको छ।
काठमाडौँ– भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै नागरिकलाई फसाएर पाँच करोड १९ लाख ठगी भएको भन्दै १० जना प्रहरीको सम्पर्कमा आएका छन्।
प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार १० जना पीडित सम्पर्कमा आएका र उनीहरूले पाँच करोड १९ लाख ९७ हजारभन्दा बढी ठगी भएको भनी १० वटा छुट्टाछुट्टै किटानी जाहेरी दिएका छन्।
कार्यालयमा परेका जाहेरी र आवश्यक अनुसन्धानका कागजातसहित थप कारबाहीका लागि काठमाडौँ जिल्ला प्रहरी परिसर टेकुमा बुझाइएको एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। उक्त ठगीको आरोपमा यसअघि नै कार्यालयले सन्देश शर्मा, सानु भण्डारी र केशव दुलाललाई पक्राउ गरीसकेको छ।
उनीहरूको मिलेमतोमा २०७७ सालदेखि विभिन्न नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजान्छु भनेर प्रलोभन र विश्वासमा पारी कास्की, दाङ, मोरङ, रुकुमलगायत जिल्लाका नागरिकलाई करोडौँ रकम ठगेको पाइएको प्रहरीले जनाएको छ। ठगीमा संलग्न रहेको आरोपमा हालसम्म ८१ जना परेका छन्।
अहिलेसम्म १३ करोड ठगी भएको प्रारम्भिक अनुमान छ। पीडितले फारम भर्न मात्रै १५ देखि २० लाख तिरेको तथ्य फेला परेको एसपी राठौरले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
