Monday, May 06, 2024

-->

संसद्‌मा रघुजी पन्तले सुनाए प्रधानमन्त्री हराएको सूचना

आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैठकमा बारम्बार अनुपस्थित हुने गरेको भन्दै हराएको सूचना पढेर सुनाएका हुन्।

संसद्‌मा रघुजी पन्तले सुनाए प्रधानमन्त्री हराएको सूचना

काठमाडौँ– एमाले सांसद रघुजी पन्तले संसद्‌मा प्रधानमन्त्री हराएको सूचना सुनाएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैठकमा अनुपस्थित भएपछि हराएको सूचना पढेर सुनाएका हुन्।

“नागरिकताको नाम : श्री पुष्पकमल दाहाल, चलनचल्तीको नाम : प्रचण्ड, स्थायी ठेगाना : फेरिराख्ने, अस्थायी ठेगाना : कहिले खुमलटार, कहिले बालुवाटार, हुलिया : पहिले–पहिले कोट पाइन्ट लगाउने गरे पनि हाल दौरासुरुवाल र टोपी लगाउने, उमेर ६५ नाघेको ७० नपुगेको जस्तो देखिने,” उनले सूचनामा भनेका छन्, “उहाँ केही दिनअघि प्रतिनिधिसभा बैठकमा झुलुक्क देखिएर हाल आउनै छोडेकाले फेला पार्नुहुने व्यक्तिले संसद् भवन नयाँ बानेश्वरमा बुझाइदिनुहोला।”

पन्तले प्रधानमनत्री दाहाल अन्तिम पटक बालुवाटार छेउछाउ देखिएको भन्दै व्यंग्य गरेका थिए।


सम्बन्धित सामग्री