Monday, April 29, 2024

-->

उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि मतदान जारी

महासंघको वरिष्ठ उपाध्यक्षका लागि एसोसिएट्स र वस्तुगत उपाध्यक्षद्वय रामचन्द्र संघाइ र अञ्जन श्रेष्ठ तथा पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ प्यानलसहित प्रतिस्पर्धामा छन्। 

उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि मतदान जारी

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान शुरू भएको छ।

काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी मतदान अपराह्न ४ बजेसम्म हुनेछ। मतदानबाट एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य निर्वाचित हुनेछन्।

चार जना सदस्य सर्वसम्मत भइसकेका छन्। महासंघको विधान अनुसार हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल बिहीबारदेखि अध्यक्ष बन्नेछन्। वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वत : अध्यक्ष हुने प्रावधान छ।

वरिष्ठ उपाध्यक्षका लागि पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, हालका एसोसिएट्स र वस्तुगत उपाध्यक्षद्वय रामचन्द्र संघाइ र अञ्जन श्रेष्ठ प्यानलसहित प्रतिस्पर्धामा छन्। 

यस्तै जिल्लारनगरतर्फको उपाध्यक्षमा तीन, वस्तुगततर्फको उपाध्यक्षमा तीन र एसोसिएटतर्फको उपाध्यक्षका लागि दुई जनाको उम्मेदवारी छ।

वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित हुन उम्मेदवारले ५१ प्रतिशत मत ल्याउनै पर्ने हुन्छ। निर्वाचनको मत गणना आजै साँझ ७ बजे शुरू हुनेछ।

यो निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशतले मत नल्याएमा बिहीबार दोस्रो चरणको मतदान हुनेछ। 


सम्बन्धित सामग्री