बागलुङ नगरपालिका–४ कुँडुलेका ६७ वर्षीय टीकाराम सापकोटा बिहान उठेदेखि रातिसम्म तरकारी बारीमा भेटिन्छन्। चार दशकदेखि कृषि कर्ममा लागेका उनी अहिले जिल्लामा ‘तरकारी काका’ नामले परिचित छन्।
ढोरपाटन– घर्कँदो उमेर। सेताम्य दारी–जुँगा र कपाल फुलेको भए पनि अझै हट्टाकट्टा छन्, टीकाराम सापकोटा। बागलुङ नगरपालिका–४ कुँडुलेका उनी बिहान उठेदेखि राति नसुतुन्जेलसम्म बारीकै धन्दामा व्यस्त हुन्छन्।
कहिले आफ्नै त कहिले अरूका तरकारी फार्ममा देखिने सापकोटा उमेरले ६७ वर्ष नाघिसके। उनमा जोस र जाँगर भने २० वर्षे युवाको भन्दा कम देखिँदैन। यसरी बारीमै दिन बिताउन थालेको ३५ वर्षभन्दा बढी भयो। साढे तीन दशकदेखि निरन्तर कृषि कर्ममा क्रियाशील सापकोटा अहिले पनि माटोप्रतिको माया र तरकारी उब्जाउ गर्ने काममा सक्रिय छन्।
गोलभेँडा, काउली बन्दा, सिमीलगायतका तरकारी उत्पादनमा तल्लीन उनी थुप्रै कृषकका उत्प्रेरणाका स्रोत र सारथि बनेका छन्। पानी, प्रविधिलगायतका थुप्रै सामग्री अभावबीच पनि कुँडुलेमा व्यावसायिक कृषि कर्ममा खटिरहने सापकोटाको प्रेरणाबाट धेरै जना कृषि कर्ममा लागेका छन्। सापकोटा कृषि कर्मबाट सन्तुष्ट छन्। व्यावसायिक तरकारी खेती गर्नुपूर्व बिहान–बेलुकीको गर्जो टार्न गाह्रो हुन्थ्यो। ज्याला–मजदुरी र निमेक गरेर परिवार पाल्नुपर्थ्याे।
तर तरकारी खेतीमा लागेपछि तीन छोरी र चार छोरालाई राम्रोसँग पढाउनुका साथै परिवार पालेर पनि करिब दुई करोड रुपैयाँमा जग्गा किनेका छन्। उनले यो सफलता सहजै पाएका भने होइनन्। थुप्रै हन्डर र ठक्कर खाँदै यहाँसम्म आइपुगेको उनको भनाइ छ। शुरूका वर्ष व्यावसायिक तरकारी उत्पादन गर्दा बिक्री नै नभएको तितो अनुभव छ। “जिन्दगीमा के काम गरिएन र, सबै काम गरियो तर, तरकारी खेतीबाट मलाई सुख र खुशी मिल्यो,” उनले भने, “२०४८–४९ तिर गोलभेँडा, काउली र मसला बिक्रीका लागि बागलुङ बजारतिर लान्थ्यौँ तर बिक्री भएन। त्यतिबेला निकै दुःख लागेको थियो, तर पछि राम्रो हुँदै गयो।” गाउँको माटो अत्यन्त उब्जाउ हुने खालको रहेको उनको भनाइ छ।
शुरूका दिनमा बारीमा धेरै काँक्रा तथा फलफूल उत्पादन भएको र बिक्री नभएपछि बजारमा निःशुल्कसमेत बाँडेको उनले सुनाए। शुरूआतीका केही समयबाहेक पेसालाई पछि फर्केर हेर्न नपरेको उनी बताउँछन्। शुरूको आर्थिक अवस्था अत्यन्त दयनीय रहेका सापकोटाले कृषि पेसाबाटै आफ्नो आर्थिक अवस्था बदल्न सफल भएका छन्। त्यो बाहेक महत्त्वपूर्ण उपलब्धि आज थुप्रै किसानलाई समस्या पर्दा कृषकसँगै समाधानमा लाग्दै आएका छन्। तरकारी खेतीले आर्थिक अवस्थासँगै आफ्नो परिचयसमेत बदलिएको सापकोटाको भनाइ छ।
तरकारीको कमाइबाटै आफ्ना तीन छोरा–बुहारी जापान पठाएका छन्। भारतीय तरकारी आयातलाई निरुत्साहित गरे यहाँका कृषकले राम्रो आम्दानी गर्न सक्ने सापकाटाको भनाइ छ। त्यसका साथै कृषकलाई प्राविधिक ज्ञान दिन उनले माग गरे। सापकोटालाई श्रीमती कौशिला सापकोटाले पनि साथ दिइरहेकी छन्। उनीहरूले वार्षिक तीन लाख रुपैयाँसम्म बचत गर्दै आएका छन्।
तरकारी खेतीबाट आर्थिक अवस्था बदलिएपछि समाजले हेर्ने दृष्टिकोण बदलिएको कौशिला बताउँछिन्। श्रीमान्को कडा मेहनत र लगावले गर्दा परिवारमा ठूलो परिवर्तन आएको उनको भनाइ छ। पहिले अरूको भारी बोक्ने, होटलमा काम गरेरै जीविका धान्ने गरेको उनले सुनाइन्। अहिले सामान्य खाना, लाउन र परिवार चलाउन समस्या छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
