विराटनगरमा भएको प्रदर्शनमा घाइते भएका लिम्बूको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको छ।
काठमाडौँ– कोशी प्रदेश नामकरणविरुद्धको आन्दोलनमा घाइते भएका युवाको मृत्यु भएको छ।
चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा अश्रुग्यासको गोलीबाट घाइते पदम लिम्बू लागेहाङको उपचारका क्रममा गएराति मृत्यु भएको लिम्बुवानका नेता खगेन्द्र माखिमले जानकारी दिए।
माखिमका अनुसार गोलीले टाउकोमा लागेर घाइते भएका लिम्बूको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो।
लिम्बू संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सहकमान्डर थिए।
फागुन १७ गते प्रदेश–१ को नाम कोशी राखिएपछि पहिचानवादी समूहले नाम खारेजीको माग गर्दै आन्दोलन गरिरहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
