Wednesday, May 08, 2024

-->

राजेन्द्र लिङदेन भन्छन्– मुख थुनेर त के बन्दुकले पनि आवाजहरू थुनिन्नन्

प्रधानमन्त्री दाहालविरुद्ध मंगलबार आक्रोशित युवाहरूले नाराबाजी गरेको घटनालाई लिएर लिङदेनले नागरिकका पक्षमा काम गर्न सुझाएका छन्।

राजेन्द्र लिङदेन भन्छन्–  मुख थुनेर त के बन्दुकले पनि आवाजहरू थुनिन्नन्

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देशभित्रै रोजगारी सिर्जनाको वातावरण बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन्।

प्रधानमन्त्री दाहालविरुद्ध मंगलबार आक्रोशित युवाहरूले नाराबाजी गरेको घटनालाई लिएर लिङदेनले नागरिकका पक्षमा काम गर्न सुझाएका हुन्।

“हामीले गणतन्त्र ल्यायौँ, संघीयता ल्यायौँ, धर्मनिरपेक्षता ल्यायौँ र त सबैले बोल्न पाएका छौँ भन्नुहुने क। प्रचण्ड हेर्नुहोस् त हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो?,” उनले सामाजिक सञ्जालमा भनेका छन्।

चाँडो भन्दा चाँडो बैंक तथा वित्तीय संस्थाको ब्याज घटाउन उनको सुझाव छ। “प्रधानमन्त्री ज्यू, चाँडो भन्दा चाँडो बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर घटाउनुस्। देशभित्रै रोजगारी सिर्जनाको वातावरण बनाउनुहोस्, जो सम्भव छ,” अध्यक्ष लिङदेनले भनेका छन्, “अन्यथा मुख थुनेर त के बन्दुकले पनि आवाजहरू थुनिन्नन्, जो तपाईँ स्वयम्‌लाई सबैभन्दा राम्रो थाहा छ।” 

प्रधानमन्त्री दाहाल प्रचण्डविरुद्ध नाराबाजी गर्ने युवालाई प्रहरीले मुख थुनेर नियन्त्रणमा लिएको थियो।  


सम्बन्धित सामग्री