फागुन १५ गतेकाे मन्त्रिपरिषद् बैठकले ‘सशस्त्र संघर्ष र क्रान्ति’का क्रममा ज्यान गुमाएकालाई सहिद घाेषणा गरेकाे थियो।
काठमाडौँ– सरकारले ८३७१ जना सहिदकाे नामावली राजपत्रमा प्रकाशित गरेकाे छ।
फागुन १५ गतेकाे मन्त्रिपरिषद् बैठकले ‘सशस्त्र संघर्ष र क्रान्ति’का क्रममा ज्यान गुमाएकालाई राष्ट्रिय सहिद घाेषणा गरेकाे थियो।
उक्त निर्णयबमाेजित सहिदकाे नामावली नेपाल राजपत्रमा प्रकाशित भएको हाे। ‘जनयुद्ध’देखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म सहिद भएकालाई सहिद घाेषणा गरिएकाे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।
मल्लका अनुसार मन्त्रिपरिषद्को निर्णयपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाई सहिदकाे विवरण मागेकाे थियो।
सोही विवरणका आधारमा सहिदको नामावली राजपत्रमा प्रकाशित भएको उनले बताए। यससँगै ‘जनयुद्ध’मा राज्य र विद्रोही पक्षबाट ज्यान गुमाएका व्यक्तिले राष्ट्रिय सहिदको मान्यता पाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
