गुल्मीको रेसुंगा–१४ स्थित जन विकास माध्यमिक विद्यालयमा एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पढाउँदै आएका छन्। पढाउँदा आवाज ठोक्किएर दुवैतर्फको सिकाइमा समस्या हुने गरेको छ।
रेसुंगा– गुल्मीको रेसुंगा नगरपालिका–१४ स्थित जन विकास माध्यमिक विद्यालयमा कक्षाकोठा अभाव भएपछि एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पढाउँदै आएका छन्।
नर्सरी र कक्षा एकको पढाइ एउटै कोठामा भइरहेको हो। यसरी अध्यापन हुँदा सिकाइमा बाधा पुगिरहेको शिक्षिका निर्मला पोखरेलले बताइन्। “हामी त बाध्य भएर यसरी पढाइरहेका छौँ,” नर्सरीमा पढाउने उनले भनिन्, “विद्यार्थीलाई पढ्न असहज भएको छ। उनीहरूले सिक्न सकिरहेका छैनन्।”
दुवै कक्षाका गरी ३० भन्दा बढी विद्यार्थीलाई यसरी एउटै ठाउँमा पढाइरहेको उनले बताइन्। सिकाउन आफूहरूलाई पनि असहज भएको र बालबालिकाको सिकाइ प्रभावकारी हुन नसकेको अर्की शिक्षिका रविना पोखरेलको भनाइ छ। पढाउँदा आवाज ठोक्किएर दुवैतर्फको सिकाइमा समस्या हुने गरेको छ।
पुरानो जीर्ण भवन भत्काएर नयाँ भवन बनाउने क्रममा विद्यार्थीलाई यसरी पढाउनुपरेको प्रधानाध्यापक लोकनाथ पोखरेलले बताए। “नयाँ चार कोठे पक्की भवन निर्माण भएपछि समस्या समाधान हुन्छ। ५० लाख रुपैयाँ लागतमा भवन बन्दै छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
